रत्ननगर । सुकुमबासी महिला समूह रत्ननगर–८ बैरियाले प्रतियोगिता नै गरी सबैभन्दा बढी सफा भएका घरलाई पुरस्कृत गरेको छ ।
बैरियाको चेपाङ बस्तीका १६ घरधुरीले ‘कसको घर सफा ?’ भन्ने प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा एकमाया प्रजाको घर सबैभन्दा बढी सफा भेटियो । उनी पहिलो भइन् ।
राधा प्रजा दोस्रो, शर्मिला प्रजा तेस्रो भएकी छन् । लुमन्ती आवासको लागि सहयोग समूह र रत्ननगर नगरपालिकाको सहयोगमा भएको उक्त प्रतियोगिताको निर्णायकमा पूर्ण लामा, रञ्जिता तामाङ, फूलमान तामाङ रहेका थिए ।
भान्छा कोठा, सुत्ने कोठा, घरको वातावरण र पारिवारिक सरसफाइ गरी चार विधामा केन्द्रित रहेर निर्णायकहरुले निर्णय गरेका थिए । प्रतियोगितामा उत्कृष्ट सफा घरमा छानिएकाहरुलाई आकृति सहकारीका अध्यक्ष पञ्चकुमारी गुरुङ, नेपाल सकुमबासी सुधार समितिबाट हरि नेपाली र लुमन्तिका कार्यक्षेत्र संयोजक सिंह लामाले पुरस्कार प्रदान गर्नुभएको थियो । बस्तीमा घरआँगन सफा राख्नुपर्छ भन्नेकुराको चेतना दिन, हौसला प्रदान गर्न यस्तो प्रतियोगिताको आयोजना गरिएको हो ।
उक्त बस्तीमा एसीसीए साना परियोजनाबाट चापाकल निर्माण गर्ने काम भएको छ । यसको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि शारदादेवी वाग्लेले गर्नुभएको थियो । कार्यक्रम सुकमबासी महिला समूहकी अध्यक्ष राधा प्रजाको अध्यक्षतामा भएको थियो ।

No comments:
Post a Comment
Thanx for your comment