Friday, January 18, 2013

"गजल"

अब जुन-घामका प्रकासहरु बोल्नेछन्
मारिएका शहिदका लाशहरु बोल्नेछन्

ज्युदै गाड्यो हैन लाज पचेका कुकुरहरु
अस्तुसंगै खरानीका रासहरू बोल्नेछन्

अति गर्यो हुँदा हुँदै अत्याचार पनि गर्यो
तिम्रो बिरोधमा अब प्रबासहरु बोल्नेछन्

आफै नोकर राख्दै दास प्रथा हटाउ भन्छन्
पख तिम्रै खातिर तिनै दासहरु बोल्नेछन्

देश बिगार्ने यिनलाइ ज्युदै जलाउने पर्छ
तिम्रो बिपक्षमा सत्य नाशहरु बोल्नेछन्

आक्रोशित गजल लेख्ने कोशिस मेरो ,,,कस्तो भयो खै प्रतिक्रियाको आशा राखेँ है copied from facebook page
copyright Rohit rana
 रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी