म जे छु जस्तो छु त्यस्तै देखिन्छु यहाँ पनि । तपाईँलाई विहानीमा आँखा मिच्दै शुभ प्रभात भन्दै छु ।
Tuesday, February 9, 2016
Saturday, August 22, 2015
Thursday, July 23, 2015
Friday, July 10, 2015
तिम्रो त्यो सिउँदोमा ............
दृष्टिविहिन भएर पनि गीत संगीतका क्षेत्रमा आफ्नो बलियो पकड स्थापित गरिसकेका छन् गायक प्रकाश तिमल्सिनाले उनको पछिल्लो गीतको म्यूजिक भिडियो ।
Wednesday, July 8, 2015
सरकारकाे नीति तथा कार्यक्रमका बारेमा सामाजिक सञ्जालमा पाेखिएका विचार
सरकारकाे तर्फबाट बुधबार राष्ट्रपति रामबरणा यादवले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरे । साे लगत्तै सामाजिक सञ्जालमा प्रस्तुत विचारहरू
राष्ट्रपतिले भाषण गर्दा सभामुखलाई सकस !
https://t.co/AQAxmnRbpn pic.twitter.com/25fx9kX577
— Onlinekhabar (@Online_khabar) July 8, 2015
its good to see dreams. Dream On #नीतिकार्यक्रम https://t.co/bW7fUDDIKQ
— $@m!+ (@TwistedTriangle) July 8, 2015
धर्ती देखि आकास सम्मका कुरा आए। भन्छन् गर्दैनन् केहि र पो।#नीतिकार्यक्रम
— Prashant Lamichhane (@P_shanta) July 8, 2015
भेलीबाट देशको कायापलट हुने भो #नीतिकार्यक्रम
— ,& So on..!! (@gso_on) July 8, 2015
कस्ताे राम्राे प्रस्ताव । सबभन्दा पहिले एउटा चाँही बनाएर देखाए हुने हाे। https://t.co/QAhv4LKFok
— Binaya Guragain (@binayaji) July 8, 2015
पोहोर प्रेस काउन्सिल ऐन संशोधन गर्ने भनेको यसपालि त आचार संहिता नै संशोधन गर्ने पो भएछ। भन्न खोजेको ऐन हो कि! https://t.co/IsE3s2wwOU
— salokya (@salokya) July 8, 2015
निति तथा कार्यक्रम भन्यो कि ५४/५५ तिर राजा बीरेन्द्रले हल्का तोत्ले श्वरमा मेरो सर्कारले यसो गर्नेछ.., उसो गर्नेछ.. भन्या याद आउँच । :)
— ©बाबाजी™ (@baabajee) July 8, 2015
Tuesday, April 7, 2015
नमस्ते विहानी: ब्लगले आफ्ना विचारलाई बाहिर ल्याउन सहयोग गरेको छ- ...
नमस्ते विहानी: ब्लगले आफ्ना विचारलाई बाहिर ल्याउन सहयोग गरेको छ- ...: धेरै पहिला प्रकाशित एउटा अन्तरवार्ता आज ताजा भयो । बुटवल घर भएका विधुर ढकाल चितवनमा बसेर आमसंचार बिषय अध्ययन गर्नुका साथै चितवन प...
ब्लगले आफ्ना विचारलाई बाहिर ल्याउन सहयोग गरेको छ- विधुर ढकाल
धेरै पहिला प्रकाशित एउटा अन्तरवार्ता आज ताजा भयो ।
बुटवल घर भएका विधुर ढकाल चितवनमा बसेर आमसंचार बिषय अध्ययन गर्नुका साथै चितवन पोष्ट राष्ट्रिय दैनिक एवं यसैको अनलाइन संस्करण इ-चितवन पोष्टमा समेत कार्यरत छन् । यसका साथै फेसवुक, ट्विटर जस्ता सामाजिक संजालहरुमा समेत सक्रिय ढकाल ब्लगिङका लागि बिभिन्न नागरिक पत्रकारिता प्लेटफर्महरु मेरोरिपोर्ट, मिडियामञ्च
लगायतमा समेत उत्तिकै सक्रिय देखिन्छन् । आफ्ना ब्लग मार्फत उनी कहिले
प्रधानमन्त्री लालध्वजलाई खुलापत्र लेख्छन त कहिले एमाओवादी अध्यक्ष
प्रचण्डलाई रंगमञ्चमा नेपालीले तपाईँको नाटक किन हेर्ने भन्दै प्रश्न
सोझ्याउँछन् । ट्विटरमा अल्टर-कान्छो भनेर आफुलाई चिनाउने ढकाललाई हामीले
यस पटक मेरोरिपोर्टको साताको ब्लगर स्तम्भमा प्रस्तुत गरेका छौं । प्रस्तुत
छ मेरो रिपोर्टका लागि पवन न्यौपानेले विधुर ढकालसंग गरेको कुराकानीः
ब्लग लेखन कहिलेबाट सुरु गर्नु भएको हो?
मेरो एक जना दाजुले म सानो छँदै माइस्पेसमा खाता खोल्नुभएको रहेछ, मलाई यसबारेमा ज्ञान थिएन । सामाजिक सञ्जालमा पनि त्यति भिजेको थिइन, पछि प्लस टु पढ्दा एउटा ब्लग खोलेको थिएँ तर त्यति चलाइन । अहिलेको व्लग नमस्ते विहानी गत वर्ष २७ डिसेम्बर २०११ बाट थालेको हुँ ।
आफ्नो ब्लगको बारेमा केही भनिदिनुहुन्छ कि?
नमस्ते विहानी एक सिकारु व्लगरको व्लग हो । म सिक्दैछु । पत्रकारितामा पनि सिकारु नै हुँ । मेरो व्लगमा समाचारसँगै मेरा मौलिक रचनाहरुलाई पनि प्रकाशित गर्ने गरेको छु । सामाजिक तथा तात्कालिक विषयमा मेरा लेख तथा गजल र अन्य सामाग्री पोष्ट हुन्छन् । मैले आफूले काम गर्ने पत्रिकाका लागि लेखिएका समाचारहरु पनि यसमा पोष्ट हुन्छन् । सुरुमा त मैले विदेशमा रहनुभएका साथिहरुको आग्रहमा केही कपि पेष्ट समाचार तथा अन्य सामग्री पनि राख्ने गर्थें तर पछि बन्द गरेँ । अहिले मेरा आफ्ना फिचर तथा केही प्रभाव पार्न सक्ने खालका समाचार तथा लेख रचना, फोटोहरु मात्र रहन्छन् ।
ब्लगिङ किन गर्नुहुन्छ?
ठ्याक्कै किन त म भन्न सक्दिन पहिले यसलाई सौखको रुपमा प्रयोग गरेँ, पछि लत नै बस्यो । खाली समय पायो कि व्लगिङमा रमाउँछु । आफ्ना कतिपय समाचारहरु पत्रिकामा छापिँदा सम्पादित भएर आउने तर मैले आफ्नो व्लगमा पोष्ट गर्दा जस्ताको तस्तै राख्न पनि पाउने । आफ्नो रचना काटिँदा चित्त दुख्छ, अनि पत्रिकामा छाप्नुभन्दा अगाडि नै यसमा राख्छु । समाचारको विषयमा त त्यति समय फरक नपर्ला तर मेरा लेखहरु मैले काम गर्ने सञ्चारमाध्यममा भन्दा पहिला नमस्ते विहानीमा आउँछन् । यसमा नै म रमाएको हुन्छु ।
ब्लगका लागि अलग्गै समय खर्चिनुहुन्छ कि अन्य सञ्चारमाध्यमका लागि गरिएका रिपोर्ट नै ब्लगमा पोष्ट गर्नुहुन्छ?
त्यस्तो अलग्गै समय त छुटाएको छैन तर रिपोर्टिंङमा निस्कँदा व्लगमा पोष्ट गर्ने सामग्रीहरु के हुन सक्छन् भनेर पनि सोचिरहेको हुन्छु । पत्रिकामा नआउने समाचारहरु (पत्रिकाको आफ्नै नियम छ, त्यसमा छापिँदैन) पोष्ट गर्नका लागि मेरो व्लग त छ नि, भनेर त्यो कोणबाट पनि समाचार खोजिरहेको हुन्छु । पत्रिकामा छापिने समाचारहरुमा भन्दा आफ्नो ब्लगमा केही फरक पनि दिएको हुन्छु ।
अरुका ब्लग कत्तिको पढ्नु हुन्छ?
नियमित जसो पढ्छु । अनलाइन साइटहरु भन्दा बढि ब्लग नै हेर्छुजस्तो लाग्छ । माइसंसार, चितवन कै दाजु रमेशकुमार पौडेलको व्लग निफिरी विदेश रहनुभएका साथीहरुले चलाउनुभएको व्लग पनि हेर्छु । मेरो रिपोर्टमा साताको व्लगर हुनुभएका सबै जसोको व्लगमा पुगेको छु ।
कस्ता ब्लग तपाईँका रोजाइमा पर्छन्?
म धेरैजसो सामाजिक सञ्जाल फेसवुक तथा ट्वीटरमा रहेका लिंकहरुबाट नै अरुको ब्लगमा जान्छु । केही आफुलाइ ठेगाना थाहा भएका ब्लगहरु नियमित हेर्छु । सामाजिक विषयवस्तु तथा साहित्यिक व्लगहरुमा पुग्ने गरेको छु । बाहिर प्रकाशित भन्दा पनि ब्लगमा प्रकाशित रचनाहरु मलाई स्तरीय लाग्ने गर्छन् ।
तपाईँ त आमसंचारको क्षेत्रमा क्रियाशिल व्यक्ति पनि । आमसंचारको लेखन र ब्लग लेखनमा के फरक पाउनु भयो?
आमसंचारमा लेख्दा त्यसको आफ्नै ढर्रामा दगुर्नुपर्ने हुन्छ । व्लगिङमा आफ्नो मौलिकता देखिन्छ । आमसंचारको माध्यममा देखिने विधुर भन्दा नमस्ते विहानीमा आउने विधुर बढि मौलिक देखिन्छ जस्तो लाग्छ म आफैलाई । ब्लगमा म आफ्नै पहिचान लिएर आएको हुन्छु तर चितवन पोष्टमा त्यहाँको एक कर्मचारीको रुपमा आफूलाई पाउँछु ।
चितवनमा ब्लग लेखन कत्तिको चलेको छ?
केही हदसम्म चलेको छ । यहाँ केही पत्रकार साथीहरुले यसलार्ई चलाउनुभएको छ । रमेशकुमार पौडेलको निफिरी, सूर्यप्रकाश कँडेलको सूर्यको व्लग जस्ता व्लगहरु छन् ।
ब्लग लेखनसंग जोडिएका कुनै सम्झनलायक घटना वा प्रसंग छन?
मैले मेरो ब्लगमा विद्यालयको नाममा चितवनमा अवैध धन्दा भन्ने समाचार पोष्ट गरेको थिएँ । त्यसैको फलोअप स्वरुप अवैध विद्यालय कारबाहीका लागि प्रशासन गुहारिने भन्ने अर्को समाचार पनि लेखेँ, जुन मेरो पत्रिका तथा मेरो रिपोर्टमा पनि हालेको थिएँ । त्यसको कारणले जिल्ला शिक्षा कार्यालय चितवनले २४ घण्टामा नै एक्सन लिएको छ । मलाई कार्यालयबाट सराहना पनि मिलेको थियो । त्यस्तै अर्को समाचार जिशिअकी आमा निरक्षर साक्षर बनाउन जिशिकाको पत्र भन्ने समाचार जुन पत्रिकामा पनि प्रकासित भएको थियो, त्यो समाचार लेखेबापत मैले आफ्नै कार्यालयबाट नगद पुरस्कार पनि पाएको थिएँ ।
तपाईँले ब्लगमा राख्नु भएको सामग्री पहिले तपाईँ कार्यरत संचारमाध्यममा राख्न वा त्यसबाट दिन कत्तिको दबाव आउँछ?
खासै दवाव त होइन् तर पनि पत्रिकाकालाई आफ्नो समाचारले कुनै पनि मुद्दालाई ब्रेक गरोस भन्न चाहना त राख्छन नी !
फेरी तपाइकै ब्लगको सेरोफेरोमा फर्किउँ, तपाईँको ब्लगका भिजिटर कति छन्?
हालसम्म करिब १३ हजार जति भिजीट भएको छ । त्यसमध्ये आफैंले पनि कतिपटक हेरियो यकिन त छैन । तापनि मेरो व्लगलाई विदेशमा रहनुभएका मेरा साथीहरुले नियमित हेर्ने गरेको खबर पाउँछु, उनीहरुको प्रोत्साहन पाउँदा खुसी लाग्छ । त्यस्तै यहाँका साथीहरुले पनि अल्टर कान्छोले के लेख्छ भनेर चासो दिएर व्लगसम्म पुग्ने कष्ट गर्नुहुन्छ ।
तपाइँ सामाजिक संजालहरुमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनु भयो?
ब्लग आफूले लेखेका सामाग्रीहरु पोष्ट गर्नका लागि प्रयोग गरिरहेको हुन्छु भने ट्वीटर र फेसवुकलाई तिनको प्रचारमा प्रयोग गरिरहेको हुन्छु । फेसवुक र ट्वीटर आफ्ना भन्दा पनि अरुका विचारहरुलाई बुझ्नका लागि प्रयोग हुन्छ जस्तो लाग्छ भने ब्लगले आफ्ना विचारलाई बाहिर ल्याउन सहयोग गरेको छ । ट्वीटर र फेसवुकले व्लग लेखनका विषयहरु पहिल्याउन सहयोग पुर्याएको जस्तो लाग्छ । यिनीहरु विविध सामाजिक विषयमा छलफलका लागि प्रयोग गरिन्छन् र टाढाका साथीहरुसँग सम्पर्कको माध्यम पनि बनेका छन् ।
सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या पत्रकारका रुपमा?
मलाई जसले जुन रुपमा चिन्नुहुन्छ त्यसमै म खुशी छु । यहीं पनि मलाई पत्रकार भनेर चिन्ने जमात कम छ । जसरी अरु साथीहरुलाई चिन्छन त्यसरी मलाई चिन्दैनन, किनकी म तिनीहरुलाई आफ्नो परिचय दिँदै हिँड्दिन । मेरो नामलाई चिन्छन्, मलाई चिन्दैनन् । ब्लगमा पनि त्यही हो । सामाजिक मिडियामा म ब्लगर हुँ, जुन जमातसँग मेरो सम्पर्क हुन पाएको छ । पत्रकार भएर पाएको छैन । तर पनि मेरो पेशा पत्रकारिता हो । कामलाई पनि माया गर्छु, पत्रकार भनेर पनि चिनाउन चाहन्छु ।
नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ?
म अनलाइनको दुनियाँमा राम्रोसँग भिज्न थालेका करिब सात आठ वर्ष भयो । शुरुका वर्षहरुमा भन्दा अहिले अनलाइनको विकास धेरै भएको छ । पछिल्लो चरणमा व्लग पनि शसक्त माध्यम बनेको छ । अहिलेको अवस्थामा जुन आवश्यकता थियो त्यस अनुरुप भए जस्तो लाग्दैन् तर पनि नभएको भन्न चाँहि मिल्दैन ।
तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग?
सबै नारीलाई म क्लियोपेट्राको संज्ञा दिऊँ?, मलाई कुट्ने मेरा मित्र, मेरो दोष के ?, प्रधानमन्त्री लालध्वजलाई अल्टर कान्छोको खुलापत्र, पछिल्लो समयमा यी ब्लग पोष्टहरु बढि रुचाइए । मलाई विदेशबाट फोन गरेर पनि राम्रो लेख भन्नुभएको छ । साथीहरु माझ मलाई अल्टर कान्छो भनेर भनेर चर्चा गरिन्छ, कार्यालयमा पनि अहिले यही नाम प्यारो हुन थालेको छ ।
ब्लगबाट के पाउनुभयो, के गुमाउनु भयो?
गुमाउन त केही परेको छैन, पर्दैन पनि होला । ब्लगले नाम चाहीँ दिएको हो कि भन्ने लाग्छ ।
ब्लग लेख्न चाहने र लेखिरहनु भएकाहरुलाई के सन्देश दिनु हुन्छ?
ब्लग लेख्न चाहनेलाई मैले के सन्देश दिनु र ! सिकारु न हुँ । तापनि आफूले लेखेको व्लगले केही सकरात्मक प्रभाव पार्छ जस्तो आफैलाई लाग्नुपर्छ भन्छु ।
ब्लग लेखनका बारेमा रहेको आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ?
नेपालमा व्लगिङ्को विकास भएको छोटो समयमा नै यति गति लियो कि केही ट्रयाक छाडेको हो कि भन्ने लाग्छ । कतिपय सामाग्रीहरु यति अश्लिल हुन्छन कि, ति हामी कार्यालयमा सहकर्मीहरुसँगै बसेर समेत हेर्न मिल्ने खालका हुँदैनन् । अँझ आजभोली फेसवुकमा त यति अश्लिलता झल्कियो कि जे पनि आउँछ । नेताहरुलाई मुखमा जे आयो त्यहि लेखेका हुन्छन् । यस्तो पोष्टहरुलाई हामी आफैंले नियन्त्रणमा ल्याउनुपर्छ जस्तो लाग्छ ।
अन्त्यमा,
मेरो रिपोर्टलाई धन्यवाद दिन चाहन्छु । यसले नेपालमा छरिएर रहेका व्लगरहरुलाई एकठाँउमा ल्याउन सफल भएको छ । सामाजिक सञ्जालमा नविन प्रयोग गरिरहेको छ । सफलताको कामना व्यक्त गर्दछु ।
http://meroreport.net/page/bow-bidhur-dhakal

बन्द डायरी
मिति २०७१ चैत २४ गते
बन्दका कारणले कलेज जान नपर्दाको एउटा आनन्द विहान अबेर सम्म सुत्न पाउनु तै पनि अर्को फाइदा पनि छ । आज कलेज जान नपर्ने हुँदा हिजो राती अलिकती सोमरसमा मेहफिल जमाइयो ।
विहान उठ्दा अबेर नौ बजेको थियो । खाना पकाएर खाइयो अनी सुरु भयो कोठाभित्र बन्दको सास्ती ।
गोजि चिसो थियो । मोवाईलमा व्यालेन्स नभएको घरमा फोन गरेर पैसा मगाउँ भने पनि रिचार्ज हाल्न पसल बन्द । हिजो सँगै सोमरसमा जमेको साथीको मोवाईलमा घर रहेको दाजुलाई फोन गरे ।
मः दाई यार पैसा छैन यसो पैसा पठाइ दे न तनाव भो यार ।
दाईः अब बन्दमा कहाँ बाट पैसा पठाइदिने हो र ।
मः झ्याउ नगर न यार बैंक त खुलिहाल्छ नी ।
रुपन्देही हो घर । लुम्बिनीको २१ किलोमिटर उत्तर । त्यहाँ दुई वटा बैंक छन् । मेरो खाता त्यहाँ भएका बैंकमा नभएका कारण आइएमइ गर्न लगाए ।
दाईः ल ल म बैंकमा पुगेर खबर गर्छु ।
दाईले फोन राख्यो । अलिकती गोजी तातो हुने आश आयो ।
केही समयमा फेरी फोन आयो ।
दाईः ए बैंक नै खुलेको छैन् । यार कसरी पठाउने हो र । रविले फोन गरेर बैंक बन्द गर्न भनेको रे उसको अनुमति चाहिन्छ रे ।
मः अब बैंकको खातापाता हेर्न पक्कै रवी आउने होइन होला । भित्रबाट पठाउने हो ।
दाईः हुन्न भन्यो ।
अब के गर्ने यार । तनाव पो भयो ।
मः मेरो नाम ले न । बैंकलाई केही भए भाइले जिम्मा लिन्छ भन् । त्यो रवि को हो ? मेरो नाम ले त । एकपटक फेरी कोसिस गर न ।
दाईः ल ल ।
फेरी फोन आयो ।
दाईः यहाँबाट कुनै पनि उपाय भएन् । अर्को बैंकबाट कोसिस गर्छु ।
फोन काटियो ।
फेरी फोन अयो ।
जवाफमा भएन यार ।
मेरो मोवाईलमा व्यालेन्स हाल्दे त म कोसिस गर्छू ।
१९७ मा फोन गरेँ । मुक्तिनाथ बैंकको हरैया शाखाको नं. मागे ।
हेल्लो ।
मः हजुर मुक्तिनाथ बैंक हरैया हो ।
कर्मचारीः हो हजुर ।
मः आज कारोवार भा छ की नाई सर ।
कर्मचारीः छैन सर ।
मः अनी अन्त त भइराछ त ?
कर्मचारीः गाउँ हो सर रिस साँध्छन त्यही भएर ।
मः हस्त ।
फोन राखे यो उपाय पनि काम लागेन् ।
यसो सम्झे एउटा साथी । जो त्यही मुक्तिनाथ बैंकमा काम गर्छ । मोवाईलमा नं. हेरे रहेनछ । उसको बहिनी पुजालाई फोन गरे ।
मः बैनी कहाँ ?
पुजाः दाङ् दाई ।
मः दाईको नं. देउ त ।
पुजाः ह्या दाई पनि आज सम्म कति पटक माग्नु भयो दाईको नं. ? अब माग्नु भयो भने दिन्न । सेभ गरेर राख्नुस । नं. ९८६८१.............।
फेरी मोवाईल घुमाए ।
मः मधु तँ कहाँ हो ?
मधुः अपिसमा ।
मः कारोवार भइराछ ?
मधुः छैन यार । पेण्डिङ् काम भइराछ ।
मः एउटा सहयोग गर । मलाई पैसा चाहिएको छ । आइएमी गरिदिनु परो ।
मधुः सिस्टम नै खोलेको छैन् यार ।
मः मेरो दाइले पैसा ल्याइदिन्छ भित्रबाट हाल्देन थोरी तैले हाल्दिस भने कसैले था पाउँछ र ?
मधुः ल ल । दाईलाई भन्देउ ।
दाईलाई फोन गरे ।
मः ल मधुलाई फोन गरेर पैसा लैदे । उसले फोन गरेर पैसा दे उसले हाल्दिन्छ ।
यती गर्दा । दिउसोको ३ बज्यो । कोठामै बन्दको प्रभाव ।
Thursday, June 12, 2014
थाहा छैन् म फेरी गाँउ फिर्छु या फिर्दिन्
विधुर ढकाल
हतारमा छु म
हतारमा छु म यतिवेला
यो शहरको भिडबाट गुज्रिरहेका मानिस जस्तै
सुन्दर सपना खोज्ने रहरमा राजधानी छिरेको
यो ठिटो
अनिश्चयको घेरमा बन्देज छ,
फेरी गाँउ फिर्छु या फिर्दिन् ।
राजधानीको धुलोमा नै विलिन हुँदै जाँदा सपना
राजधानीबाट पलायन हुने विरक्त विचारसँगै
गाँउ फिर्ने चाहना पनि मरेका छन् ।
हो आँमाको सपना बोकेर
बाबाको चाहना बोकेर छिरेको म
सपना पुरा नहुने संघारमा उभिँदा
चाहना पुरा नहुने जंघारमा फसिँदा
फेरि भाँसिने लालचले छोएरको छ
मरभुमीतिर ।
न्यूरोडका गल्लीमा हिड्ने युवतीका
सेता तिग्राहरुसँगै सपनाहरु भुलेको म
ठमेलका गल्लीहरुमा पुग्दै गर्दा
सोमरसको लतले झुलेको म,
रत्नपार्र्कमा यौवनलाई लिलाम गर्न
बसेका नगरबधुको यौनको ठेक्का बोल्दै गर्दा
फसेको म
फेरी आफ्नो धरातलमा फर्कन सक्छु या सक्दिन्
म फेरी गाँउ फिर्छु या फिर्दिन् ।
चाँदनीको उचाई नाप्न छिरेको म
यो राजधानी खाल्डोमा भाँसिदै गर्दा
गाँउमा सुकाइएका सपनाका विस्कुनहरु
एक–एक भँगेराले छिरोल्दै छन् ।
सायद गाँउमा म भाँसिदै गर्दा
भोकमरी लाग्ने छ ।
सपनामा देखेको
सिटामोलको ट्यावलेट नपाएर गाँउ नै लास बन्ने छ ।
तर पनि
भाँसिएको म फेरी उकासिन्छु या उकासिन्न,
थाहा छैन् म फेरी गाँउ फिर्छु या फिर्दिन् ।

Wednesday, May 28, 2014
Republic, why we delight
Bidhur
Dhakal
Seven
years of the calendar
Each
years we cast our delight
To
the Tundikhel
Each
years we
remembers
our martyrs on the day
of
the Jesth 15
in
name of republic Nepal.
But
where we got our republic,
where
we realized republic,
Don’t
know how we
and
why
we delight ?
No
change on the method of ruling
only
the change of organization.
last
we were ruled by a lion
but
now hundreds of mice.
Only
the change we got
king
shah gone
and
king koirala, khanal, dahal come.
Granee
asked me
beta,
this is the system you want to store?
They
are the king you want to pick up?
Unanswered
my head bowed down.
What's
the republic is really.
don’t
know which bird is called republic.
Each
year of these seven years
I'm
in search of the answer
of
the question of my granee.
Is
the republic is for only leaders ?
to
have pleasant salute from the nepali in tundikhel.
Friday, March 7, 2014
स्वतन्त्र पत्रकारको विजयी सुरुवात
चितवन, २२ फागुन । नेपाल पत्रकार महासघ चितवनको नयाँ कार्यसमितिमा स्वतन्त्र पत्रकार संघले प्रतिनिधित्व गर्ने भएको छ । स्वतन्त्र पत्रकार संघलाई राजनीतिक दल निकट पत्रकारहरुको संगठनले लत्याएर जान खोजि रहँदा निर्वाचन गराउनुपर्ने माग राख्दै स्वतन्त्र तथा व्यवसायीक पत्रकारहरु प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए । नयाँ नेतृत्वका लागि बुधबार भएको निर्वाचनमा स्वतन्त्र पत्रकार संघले नेतृत्व गरेको स्वतन्त्र तथा व्यवसायीक पत्रकारहरुको प्यानलबाट दीपेन्द्र बडुवाल विजयी भएका छन् ।
स्वतन्त्र व्यवसायीक पत्रकारहरुको प्यानलसहित चुनावी मैदानमा प्रेस चौतारीको नेतृत्वमा दुई क्रान्त्रिकारी पत्रकारहरुको प्यानल र प्रेस युनियनको आंशिक प्यानल उत्रिएका थिए । उपाध्यक्ष पदमा विजयी स्वतन्त्र पत्रकार संघका तर्फबाट दीपेन्द्र बडुवालले ३२ मतअन्तरले चौतारी नेतृत्वको प्यानलकी उम्मेद्वार तथा क्रान्तिकारी पत्रकार संघकी जिल्ला अध्यक्ष शान्ता अधिकारीलाई पराजित गरे ।
बडुवालले ९६ मत ल्याउँदा अधिकारीले ६४ मत मात्र ल्याएकी थिइन् । बडुवाललाई काँग्रेस निकट प्रेस युनियनले समर्थन जनाएको थियो । अध्यक्ष पदमा भने चौतारीका हरी पोखरेल विजयी भएका छन् । उनले १०९ मत ल्याएका थिए । उनले स्वतन्त्र पत्रकार संघका केन्द्रीय पार्सद रमेशकुमार पौडेल र युनियनका रमेश बास्ताकोटीलाई पराजित गरेका हुन् । निकटतम प्रतिद्वन्द्वीका रुपमा पराजित पौडेल महासंघको जिल्ला समितिमा सल्लाहकारको भुमिकामा रहने छन् ।
यस्तै सचिवमा कृष्णचन्द्र भट्टराई निर्वाचित भएका छन् । प्रेस चौतारीका भट्टराईलाइ दुई क्रान्तिकारीको समेत सहयोग थियो । उनले १०१ मत प्राप्त गरेका थिए । उनका निकटम प्रतिपर्धिमा स्वतन्त्रका विनोदवावु रिजालले ५९ मत प्राप्त गरेका थिए । यस्तै सहसचिवमा सविता श्रेष्ठ निर्विरोध निर्वाचित भएकी थिइन् भने कोषाध्यक्षमा प्रेस चौतारीका होमनाथ सापकोटा निर्वाचित भए । उनले १०० मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धि राजेश घिमिरेले ६० मत प्राप्त गरेका थिए ।
त्यस्तै सदस्यहरुमा स्वतन्त्र पत्रकार संघको समर्थन पाएका प्रेस युनियनका अनिल ढकाल ९२ र प्रमिता ढकाल ९३ मत ल्याई विजयी भएका छन् । खुला तर्फ नै चौतारी निकट गोविन्द घिमिरेले ९३, दुर्गा रेग्मीले ९१ र क्रान्तिकारी पत्रकार महासघि निकट प्रकाश सिक्देलले ८९ मत प्राप्त गरि निर्वाचित भएका छन् । मधेशी तर्फवा प्रविण दत्त निर्विरोध निर्वाचित भएका छन् । महिला तर्फ शान्ता अधिकारी, दलिततर्फ सविता नेपाली, आदीवासी तर्फ मोहोन रुम्वा निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित सहसचिव श्रेष्ठ, दत्त, अधिकारी र नेपालीलाई स्वतन्त्र पत्रकार संघले समर्थन गरेको थियो ।
यता जनजातीतर्फ विजयी रुम्बा विरुद्ध उनका निकटतम प्रतिद्वन्द्वी राजु चौधरीले उजुरी हालेका छन् । रुम्बाले ८१ मत प्राप्त गर्दा चौधरीले उनले भन्दा १ मत मात्रै कम ८० मत पाएका थिए । चौधरीले पून मत गणनाको माग गरी निवेदन दर्ता गराएका हुन् । चौधरी स्वतन्त्र पत्रकार संघका सदस्य हुन् । उनलाई आदिवासी जनजाती पत्रकार महासंघ फोनिजले समर्थन गरेको थियो । यद्यपी सो पून मत गणना हुन सकेको छैन । निर्वाचन समितिका सदस्य राजकुमार श्रेष्ठले निवेदन उपर छलफल भईरहेको जनाएका छन् ।
त्यस्तै केन्द्रीय पार्सदका लागि भएको निर्वाचनमा स्वतन्त्र पत्रकारहरुको प्यानलबाट सात जना विजयी भएका छन् । भने एकजना संघको समर्थनमा विजयी भएका छन् । केन्द्रिय पार्षदमा पनि चौतारी निकटका ११ युनियनका ५, क्रान्तिकारी सघका २, क्रान्तिकारी महासघका ३
यस अघि महासघको नयाँ नेतृत्वका वुधवार साझ निर्वाचन भएको थियो । वुधवार दिउसो महासघका केन्द्रिय अध्यक्ष शिव गाउलेले जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।
चौतारी अल्पमतमा
नेपाल पत्रकार महासघ चितवनको नयाँ निर्वाचत समिति प्रेस चौतारीका सदस्यहरु अल्पमतमा छन् । अध्यक्ष, सचिव, सहसचिव,कोषाध्यक्ष जस्ता पदहरुमा आफ्नो सदस्य निर्वाचित गरेपनि महासघमा चौतारी अल्पमतमा परेको हो । उपाध्यक्ष सहितका ८ जना सदस्य स्वन्त्रसहित अन्यको उपस्थिती रहेको छ ।
Wednesday, August 28, 2013
कविता: सपनाका बलात्कारीहरुको बिगबिगी बढ्दै छ रे बस्तीमा
धेरै पछि कोरियो एउटा कविता
तयारी हुँदै छ यहाँ
अस्मिता लुट्ने नेपाल आमाको
रोगको नाममा
भोकको नाममा
शोकको नाममा
फगत आस्वासनको खेती गरेर
लुटिँदैछ नेपाली वालापनको अस्मिता
निर्वाचनको नाममा
फेरी बाँडिदैछन् रे बस्तीहरुमा
तीनपानीका प्यालाहरु
तिर्खाएका आँतहरुलाई लठ्याउन्
र लिइँदै छ रे औलाहरुको लाहा छाप
फेरी एक पटक सत्ताको भ¥याङ चढ्ने दाउमा
फेरी एक पटक देश खोक्राउने बहानामा
र बनाइँदै छ रे बन्धकी नेपाली सपनाहरु
र त्यही लठ्ठाइमा लुटिँदै छ रे अस्मिताहरु ।
सपनाको नाममा
फेरी बस्ती पस्दै छन् रे दलालहरु
सुन्दर सपना फुलाइ दिने नाममा
सपनाका कोपिलाहरु नै ओइलाई दिन्
र सुदुर बस्तिबाट झुक्याएर बेच्दै छन् रे
अस्मिताहरु राजधानीका गगनचुम्बी महलहरुमा
भोक हट्ने नाममा
शोक हट्ने नाममा
रोग घट्ने नाममा
सपना फकाउन परिचालित हुँदै छन् रे
बस्तीहरुमा राजधानीका आलिसान महलहरुका दलालहरु
हिजो लुटिएको अस्मिताको
क्षतिपूर्ती पाइएको छैन अझै
हिजो टुक्रिएको सपनाको
क्षतीपुर्ती पाइएको छैन अझै
बन्धक बनेको शुन्दर चाहानामा फक्रिएका सपना हरु
निखन्न सकिएको छैन अझै
यहि बेलामा फेरी व्वाँसाहरु
छिर्दै छन रे बस्तीमा
बूढी आमैका चिचिला पठ्ठाहरुको घाँटि निमोठ्न ।
हिजोका दलाल चिन्नुपर्ने हो हामीले
हिजोका व्वाँसाहरु पनि चिन्नुपर्ने हो हामीले
सपनाका बलात्कारीहरुलाई
हामीले कहाँ यति चाँडै बिर्सनु हुन्थ्यो र ?
तर बिर्सियौँ
र आज
तिनै सपनाको बलात्कारिको स्वागतमा द्वार बनाउँदै छौँ हामी
बस्तीको सिरानमा
तिनै दलालको स्वागतमा
सपनालाई बन्धकी राख्न लाहा छाप लगाउँदै छौ हाँमी
ति बुढि आँमा पनि सपनाका पठ्ठा निमोठ्ने
व्वाँसोको स्वागतमा
अर्काे पठ्ठोको सिकार बनाउँदै छिन् ।
तिनीहरुकै पछि पछि नारा निकाल्दै हिड्याँै हामी
भन्यौँ, गाँउमा बत्ति बल्यो
तर बुझेनौँ हाम्रा बस्तीका लोडसेडिङ्लाई
गाँउमा सडक पुग्यो
हामीले बुझेनाँै पाँच वर्षमा एक पटक मात्र गाढि चल्ने व्यहोरा
सपनाहरु राजधानीमा बेचिएको भुल्यौ
र सोच्यौँ हाम्रा सपनाहरु शहरमा यसो आराममा छन् ।
ति बूढि आमा पनि कहाँ बुझिन्
थोरै पाएकी छिन वृद्ध भत्ता र जयजयकार गरिन्
तर सपनाको पठ्ठोको मूल्य कति पर्छ उनलाई थाहा भएन् ।
पोहोर परारको जस्तै सपनाका लुटेराहरुको
विगविगि बढ्दै छ रे बस्तीमा
सपनाका बलात्कारीहरुको
बिगबिगी बढ्दै छ रे बस्तीमा
सपनाका पठ्ठो घोक्राउने
व्वाँसाहरुको विगविगि बढ्दै छ रे बस्तीमा ।

Thursday, August 8, 2013
प्रजातान्तिक भन्नेको सक्कली रुप देखियो
वाइसीएलको सिको गर्दै तरुणदलको बन्द
बन्दका क्रममा प्रहरीलाई ढुंगा हान्दै बन्दकर्ता । |
नारायणगढ । गत हप्ता मात्र ए नेकपा माओवादीको सहायक संगठन योङ् कम्यूनिष्ट लिग चितवनले चितवन बन्द गरायो बन्दको क्रममा एम्बुलेन्स समेत वाइसीएलको निसानामा परे । आफ्ना पक्राउ परेका छ जना कार्यकर्ता रिहाइको माग गर्दै वाइसीएलले बन्द गर्दा सामाजिक तथा राजनीतिक रुपमा समेत विरोध भयो । त्यसको ठिक एक हप्ता पछि आँफूलाई खाँटी प्रजातान्त्रिक भन्ने नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले चितवन बन्द गराएको छ ।
अरुले बन्द गराउँदा सँधै त्यसको विरोध गर्न काँग्रेसले केही अपराधिक क्रियाकलापमा संलग्नको रिहाइको लागि बन्द सम्मको आन्दोलनमा उत्रनुलार्य सकारात्मक मान्न भने सकिँदैन् । यो घटनाले काँग्रेसको प्रजातान्त्रिक छवि जोगान असफल भएको छ ।

Monday, July 1, 2013
झुल्किने छ नयाँ समय –कबिता
मान्छेले बिछाएको एम्बुसमा पड्केर
हामीले खोजेको समय बेहोस छ
समयको अम्मलमा
बाँच्ने गरेको मान्छेको
ओठमा मुस्कान छैन
आँखामा उमङ्ग छैन
वातावरण सन्त्रासको पर्याय बनेको छ ।
सर्वत्र मृत्युको तस्वीर छ
आँसु जमेर बनेको छ हिमाल
रगत जमेर बनेको छ माटो
हामीले खोजेको समय
हाम्रो निशानामा परी बेहोस छ
त्यसैले समयको दाम्लो बाँधेर
समयको दास बनेको मान्छेको
जीवन जीवन जस्तो छैन ।
कहाँ छ आनन्द ? कहाँ छ गन्तब्य
गन्तब्य र्बिसेर हामी
ढुङ्गे युगतिर हानिएका छौं
स–साना टुक्रे राज्यहरु चाहिएको छ
स–साना शासकहरु चाहिएको छ
गाँस, वास कपासको सट्टा
फोस्रो आवाज चाहिएको छ
त्यही आवाजमा ठोक्किएर
बेहोस छ हाम्रो समय
स्थगित छ हाम्रो सपना
अहिले समयको
आवाज...........मात्र आवाज
सपना...........मात्र सपना
आयामहरु टक्क रोकिएका छन्
समय जस्तै
यसरी अधुरो इतिहास भित्र
हामी घायल छौं
अज्ञात भविष्यको तुवालोमा
हामी रोक्किएका छौं
होस गुमाएको समयले
हाम्रो चेतनामा वास पाएको छ
मौन बाँच्नुको सट्टा
जीवनलाई
पूर्णता दिने अभ्यास गरौं
हिंसा होइन
जीवनमा प्रेम र
प्रेममा जीवन भरौ
जीवन उत्सवको रोपाईं पछि
जीवनको कान्ला र गराहरुमा
चेतना उठेर
लालुपातेमा रङ्ग थप्दै
झुल्किने छ नयाँ समय ।
Sunday, June 30, 2013
अ-नागरिक
BHANU ARYAL
समाजले उसको स्वतन्त्रतामा
तारो लगायो,
ठेकेदारले उसलाई अपजसे बनाएर
हातहरुमा गोली मार्यो,
समयले उसलाई छिर्के हान्यो
र अनगिन्ति गोली
ठोक्यो खुट्टाहरुमा,
प्रेमीकाले उसलाई 'रानीमहल' देखाई
र थुकि
अनि उसको भावनालाई
प्वाईन्ट ब्लाकं रेञ्जमा शुट गरी,
अनी सत्ताले उसको
अहिसां बिरुद्ध
छातिमा मेसिनगन चलायो ।
आज उसको दाह-संस्कार
सल्ला, पिपल र सति-साल
अग्निबर्षा गर्दैछन चितामा
तर.....
उसको शरिरका गोलीका प्वालहरुबाट
बिशादका बाँसुरी धुनहरु बजिरहेछन..
पर कतै शहिद-गेटबाट ओर्लेर
गंगालाल र दशरथ चन्दहरु....
धर्मभक्त र शुक्रराजहरु....
टुडीखेलमा
फेरी आत्महत्या गर्न
खरीको बोट र पासो खोजि रहेछन
हरेक संवतहरुमा
२००४, २००७, २०११, २०१७, २०३६, २०४२, २०४६, २०६३, २०......! ??
Subscribe to:
Posts (Atom)