Monday, February 6, 2012

निकुञ्जको फाइदा कहिल्यै पाएनन् `

भरतपुर । जंगली जनावरको आक्रमणबाट घाइते
भई जिन्दगीभर कुरुप अनुहार बोकी हिँड्न
बाध्य निकुञ्ज
मध्यवर्ती क्षेत्रका बासिन्दा चित्रबहादुर
नेपालीलाई निकुञ्ज
स्थापना भएपछि आफ्नो जीवनमा परिवर्तन
आउँछ भन्ने लागेको थियो तर उनले
त्यो परिवर्तनको आभास कहिल्यै गर्न पाएनन्

जंगली जनावर र भारतीय तस्करसँग भिड्दै
बचाएको निकुञ्जको उपभोग गर्न
नपाएको प्रति उनको आक्रोश थामिनसक्नु छ ।
उनी भन्छन्, ‘हामीले नै संरक्षण गरेको वनबाट
हामीले नै अधिकार गुमाउनु परेको छ । निकुञ्ज
हाम्रो सम्पत्ति हो तर यसको भोगाधिकार
सीमित व्यक्ति तथा कर्मचारीलेमात्र प्राप्त
गरेका छन् ।’
निकुञ्ज स्थानीय जनताका लागि अभिशाप
बनेको उनको तर्क छ । उनी भन्छन्, ‘हामीले
बचाएको वनमा सीमित
मानिसको स्वार्थको बास भएको छ, तिनीहरुकै
कारण निकुञ्ज हाम्रा लागि अभिशाप बन्न
पुगेको छ ।’
स्थानीय जनताले निकुञ्जको संरक्षण गर्दै
आएका छन् । उनी विगतका दिन सम्झदै भन्छन्,
‘हामीलाई वन संरक्षण र भारतीय तस्करबाट
वन्यजन्तु जोगाउनका लागि रिऊपारि लगेर
राखियो । रिऊ तर्न नमान्नेहरुले जेल खानु प
¥यो । हामी जेल खान डराउनेहरुले निकुञ्ज
जोगाएका हौँ ।’
मध्यवर्ती क्षेत्रका जनताका वन्यजन्तु शत्रु
नभएको बताउँदै उनी भन्छन्, ‘वन्यजन्तु
हाम्रा मित्र हुन् । यिनको कसरी संरक्षण
गर्नुपर्छ भन्ने हामीलाई थाहा छ ।’
निकुञ्जबाट पीडित भएर आफूले कुनै
क्षतिपूर्ति नपाएको बताउदैँ उनले थपे,
‘मजस्ता घाइते यहाँ कैयांै छन्, तिनीहरुले
कसरी जीविका चलाएका छन् कसैले सोचेका छैनन्
।’
निकुञ्ज संरक्षणका लागि भन्दै २०३४
सालमा सरकारले सेनाको व्यारेक
स्थापना गरेपछि स्थानीय महिला पीडित
बन्दै आएका छन् ।
कैयौं महिला कुमारी आमा बन्नु
परेको बताउँछिन्, जगतपुर—९ की मना भुजेल ।
‘कति महिलाको अवस्था दयनीय छ,
कैयांै बालबालिका विनाबाबुका सन्तान भएर
बाँच्नु परेको छ’, उनले भनिन् ।
‘हाम्रा चेलीलाई ललाइफकाई
मायाजालमा पारेर बिहेको आश्वासन
बाँड्दैसेनाका जावानहरुले
बिचल्लीमा पारेका छन्’, उनको आक्रोस
थियो ।
मनाको जस्तै आक्रोश छ जगतपुर—३
की लक्ष्मी विकको । उनले भनिन्, ‘महिलाहरु
निउरो, साग तथा च्याउ टिप्न निकुञ्ज
छिर्दा सेनाले यौन हिंसा गर्ने गरेका छन् ।
कैयौं घटना त ज्यानको मायाले गर्दा लुकाउनु
परेको छ ।’ घटनालई बाहिर लगे सेनाले मार्ने
धम्की दिने गरेको उनको भनाइ छ ।
मध्यवर्ती क्षेत्रका स्थानीयवासीलाई
वन्यजन्तुले समेत दुःख दिने गरेका छन् ।
लगाएको बालीलाई हात्ती–गैँडाले मासिदिने
गरेको बताउँछन् माडी गर्दीका मानबहादुर
विक । ‘वर्ष दिनको बाली त्यै पनि हात्तीले
सखाप पारिदिन्छ । हामीले कसरी वर्ष दिन
गुजारा चलाउने’, उनले भने । कुनै
क्षतिपूर्ति नपाएको गुनासो गर्दै उनी भन्छन्,
‘अहिलेसम्म कति क्षति भयो कुनै लेखाजोखा छैन,
अझैसम्म क्षतिपूर्ति पाएका छैनौँ ।
निकुञ्जबाट पीडित हुनेहरुको लस्कर लामो छ ।
आफ्नो गुनासो कसैले पनि सुन्न
नचाहेको बताउँछिन् जगतपुर —५
की निकुञ्जपीडित मीना कुमाल । ‘हामीले
हाम्रो गुनासो कहाँ गएर पोख्ने । पोखे
पनि सुनिदिने कोही छैनन्’, उनले भनिन् ।
प्राकृतिक स्रोतसम्बन्धी अध्ययन गर्ने
अध्यता सोमत घिमिरे निकुञ्जका कारण
बर्सेनि पीडित हुनेहरुको संख्या बढ्दै गएको भए
पनि समस्याको समाधानतर्फ
सरोकारवालाको ध्यान पुग्न नसकेको बताउँछन्
। उनको भनाइ छ, ‘निकुञ्जका होटलको आवाज
क्षणभरमै सुन्ने सरकार पीडितको आवाज भने
सुन्न चाहन्न’, उनले भने, ‘जनताले न्यूरो, च्याउ
मागेका छन् तर सरकार गैँडा र बाघ मागेजस्तै
ठान्छ ।’
निकुञ्जमा निजी हात्ती प्रवेश गराउन दिने
सरकारले जनताका गाई, बाख्रा छिर्दा ठूलै
नोक्सान देख्ने गरेको भन्दै घिमिरेले प्रश्न गरे,
‘किसानका गाईले पु¥याएको देख्ने सरकारले
हिँड्दा पनि रुख ढाल्ने हात्ती प्रवेश दिने
निर्णय गर्नु कत्तिको न्यायसंगत हो ?’

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी