Wednesday, April 11, 2012

हावाहुरीले खानेपानीको समस्या

भरतपुर । आइतबार राति गएको हावाहुरीले विद्युत् पोल भाँच्चिएका कारण भरतपुरको ठिमुरामा विद्युत् आपूर्ति बन्द हुँदा खानेपानी आपूर्तिमा समस्या भएको छ । खानेपानी आपूर्तिका लागि विद्युत् नहुँदा स्थानीय बासिन्दाहरु खानेपानीका लागि डेढ घण्टा हिँड्न बाध्य भएको बताएका छन् । स्थानीय सीता पौडेलले खानेपानीका लागि डेढ घण्टा हिँड्नु परेको बताउनुभभयो । ‘बिहानबिहानै उठेर डेढ घण्टा हिँड्नु परेको छ, धारामा पानी नआउँदा परको ठूलो ढुङ्गा पुगेर पानी ल्याउँदै आएका छौँ’, उहाँले दुखेसो पोख्नुभयो । पानीका लागि कि त नारायणीको भर पर्नु परेको छ, कि त डेढ घण्टा हिँड्नुपर्ने उहाँको भनाइ थियो । हावाले ठिमुरामा विद्युत्का छवटा पोल ढालेपछि आपूर्ति बन्द भएको स्थानीय बासिन्दाको भनाइ छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी