Wednesday, April 11, 2012

शान्ति निर्माणसम्बन्धी अन्तक्र्रिया

भरतपुर । गाउँबाट शान्ति निर्माण मोडेलसम्बन्धी क्षेत्र स्तरीय अन्तक्र्रिया कार्यक्रम बुधबार भरतपुरमा भएको छ । आरआरएन, एफएफपी, गैर सरकारी संस्था महासंघ चितवन, मानव अधिकार एलायन्स जिल्ला शाखा चितवनले उक्त कार्यक्रमको आयोजना गरेको थियो । प्राध्यापक डा. मथुरा श्रेष्ठ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा डा. अर्जुन कार्की विशेष अतिथि रहनुभएको थियो । कार्यक्रममा बाँदरमुढे घटना पीडितहरुले द्वन्द्वले आफूहरुमा पारेको प्रभावबारे बोलेका थिए । शान्तिका लागि सहकार्यका कार्यकारी निर्देशक डा. पद्यमा खतिवडाले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा कोषाध्यक्ष अम्बिका गजमेहर, मानवअधिकार एलायन्सका केन्द्रीय सचिव केशवप्रसाद रेग्मीलगायतले मन्तव्य दिएका थिए । मानव अधिकार एलायन्स जिल्ला शाखा चितवनका अध्यक्ष सुनिता थपलियाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गैसस महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष खगराज ओझाले गर्नुभएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी