Wednesday, April 11, 2012

‘बैशाख २ बाट विद्यार्थी भर्ना अभियान’

भरतपुर । जिल्ला शिक्षा कार्यालय चितवनले शैक्षिक सत्र २०६९ सालको विद्यार्थी भर्ना अभियान बैशाख २ गतेबाट सञ्चालन गर्ने भएको छ । बुधबार जिल्ला शिक्षा कार्यालय भरतपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले यस्तो जानकारी दिनुभएको हो । चितवनमा अहिले विद्यालय जाने उमेरका चार प्रतिशत बालबालिका विद्यालयबाहिर रहेको जनाउँदै विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा ल्याउनका निम्ति कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो । विकट पहाडी नौ गाविसमा बालबालिका भर्ना गर्न समस्या देखिएको बताउँदै उहाँले भन्नुभयो, ‘विकट पहाडी गाविसहरुमा यो समस्या बढी रहेको पाइएको छ, विद्यालय भर्ना भएपनि नियमित गराउन सकिएको छैन ।’ यी विकट गाविसमा ९९ विद्यालय रहेका छन् । यसैबीच जिल्ला शिक्षा कार्यालयले विद्यालयलाई वर्षमा पाँच दिनभन्दा बढी स्थानीय बिदा नदिन परिपत्र जारी गर्न लागेको जनाएको छ । ‘वर्षमा विद्यार्थीहरुले न्यूनतम २२० दिन विद्यालयमा बिताउन पाउनुपर्छ’, जिल्ला शिक्षा अधिकारी शर्माले भन्नुभयो । शुक्रबार पनि ४ बजेसम्म विद्यालय सञ्चालन गराउन आदेश दिने उहाँको भनाइ थियो । महिनाको मसान्तमा गरिने आधा दिनको पढाइलाई पनि पूरा सञ्चालन गराउने उहाँले बताउनुभयो । उहाँले विद्यालयमा नियमित क्रियाकलाप गराउन लगाउनेसमेत दावी गर्नुभयो । आधुनिक सूचना प्रविधिसँग विद्यालयलाई पनि जोड्न लागिएको समेत कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी