Wednesday, April 11, 2012

फोटो तथा पुस्तक प्रदर्शनी

फोटो तथा पुस्तक प्रदर्शनी भरतपुर । नेपाल क्रान्तिकारी विद्यार्थी संघ चितवनको आयोजनामा बुधबार नारायणगढमा फोटो तथा पुस्तक प्रदर्शनी सम्पन्न भयो । पुल्चोकमा सञ्चालन भएको सो प्रदर्शनीमा ३०० फोटो र सय पुस्तक प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनी बिहान १० बजेबाट बेलुकी ५ बजेसम्म जारी रहेको थियो । सो अवसरमा विभिन्न प्रकाशनका पुस्तकहरु पनि बिक्रीवितरण गरिएको थियो । चितवन र यस आसपासका सर्वसाधारणले सो प्रदर्शनी अवलोकन गरेका छन् । नेवाःपुचःको अधिवेशन नारायणगढ । नेवाःपचः नारायणगढको दसौं अधिवेशन भएको छ । अधिवेशनले अध्यक्ष बद्रिलाल श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय कार्य समिति गठन गरेको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी