Monday, May 7, 2012

मसाल जुलुस निकालियो

नारायणगढ । थारु संयुक्त संघर्ष समिति चितवनले थारुवान स्वायत्त प्रदेशको माग गर्र्र्दै सोमबार साँँझ मसाल जुलुस निकालेको छ ।
लायन्सचोकबाट निस्केको मसाल जुलस पुलचोकमा पुगेर सभामा परिणत भएको थियो । सभामा थारु कल्याणकारी सभाका अध्यक्ष विसराम महतोले मन्तव्य दिनुभएको थियो । चितवनदेखि पश्चिम कञ्चनपुरसम्म थरुहट स्वायत्त प्रदेशको घोषणा गर्न माग गरिएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी