Tuesday, May 15, 2012

सवारी नियम उल्लङ्घन गर्नेको संख्यामा कमी

भरतपुर । चितवनमा जिल्ला प्रहरी र ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेयता सवारी नियम उल्लङ्घन गर्नेहरुको संख्यामा कमी आएको छ । मापसे अभियान प्रभावकारी बन्दै गएपछि मादक पदार्थ सेवन गरी सवारी चलाउने र नियमविपरीत सवारी लिएर हिँड्ने चालकहरुको संख्यामा कमी आएको प्रहरीले जनाएको छ ।
सोमबार राति मादक पदार्थ सेवन गरेका दुई जना चालक पक्राउ परेका छन् भने प्रहरीले नियमविपरीत सवारी चलाएकाहरु बाट नौ सय राजस्व संकलन गरेको छ । कानुन उल्लङ्घन गरी सवारी चलाउने र मादक पदार्थ सेवन गर्नेमध्ये अधिकांश मोटरसाइकल चालक रहने गरेका छन् ।
चितवनमा चेकजाँचमा कडाइ भएपछि दुर्घटनामा पनि कमी आएको प्रहरीले दावी गरेको छ । जिल्ला प्रहरीको यो अभियानको चितवनवासीले प्रशंसा गरेका छन् ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी