नारायणगढ । लगातारको बन्दका कारण साइकल व्यवसाय नै धरापमा
परेको भन्दै व्यवसायीहरुले साइकललाई निर्वाधरुपमा सञ्चालन गर्न दिन माग
गरेका छन् । उनीहरुले साइकल पसललाई समेत अत्यावश्क सेवासरह सञ्चालन गर्न
दिनसमेत बन्दकर्तालाई आग्रह गरेका छन् ।
यसअगाडिका बन्दमा साइकललाई निर्वाधरुपमा सञ्चालन गर्न दिइने गरेपनि यस पटकको बन्दमा साइकललाई समेत अवरोध गरिएको प्रति उनीहरुले आपत्ति जनाएका छन् । साइकल व्यवसायी संघ चितवनका तृतीय उपाध्यक्ष एवम् डीआर साइकल स्टोर्स नारायणगढका सञ्चालक धर्मराज सापकोटाले साइकललाई अत्यावश्यक सेवाको रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्नुभयो ।
‘साइकल प्रयोग गर्ने भनेका सर्वसाधारण गरिबले हो, यसको प्रयोगमा रोक लगाउनु हुँदैन’, उहाँले भन्नुभयो । बन्दकर्ताहरुले साइकलमा सवार सर्वसाधारणलाई अभद्र व्यवहार गरेकोप्रति खेद व्यक्त गर्नुभयो ।
‘बन्दकर्ताहरु मोटरसाइकलमा बन्द गराउन हिँड्ने, सर्वसाधारण भने साइकल पनि चढ्न नपाउने ?’, बन्दकर्ताहरुले साइकलको हावा फाल्ने गरेकोप्रति लक्षित गर्दै तृतीय उपाध्यक्ष सापकोटाको प्रश्न थियो । उहाँले थप्नुभयो, ‘हामीले चितवनलाई साइकलमैत्री सहर बनाउने अभियानअगाडि बढाउने सोच ल्याइरहँदा यस्तो हुनु दुर्भाग्य हो ।’
बन्दले अरुजस्तै साइकल व्यवसाय पनि धरासायी भएको अर्का साइकल व्यवसायी चितवन साइकल व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष एवम् ददल्का साइकल स्टोर्स नारायणगढका सञ्चालक विष्णुप्रसाद खरेलले मेडिकल तथा अस्पतालसरह साइकल पसलहरुलाई सञ्चालन गर्न दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कतिका अत्यावश्यक कामहरु रोकिएका छन्, कोही अस्पताल नै जान नपाएका होलान्, साइकल चलेपनि मर्मत गर्ने ठाउँ त हुनु प¥यो नि ।’ सबै व्यवसायी मिलेर साइकल पसल तथा साइकललाई निर्वाध सञ्चालन गराउन दबाबमूलक कार्यक्रम लैजानुपर्ने अवश्यकता रहेको खरेलको भनाइ थियो ।
यता, साइकल नै निर्वाध सञ्चालन नहुँदा सर्वसाधारण पनि मर्कामा परेको अनुभव संगालेका छन्, गैँडाकोट–८ का उज्ज्वल आचार्यले । मंगलबार बिहान घरबाट बिरामी आफन्त भेट्न भरतपुर अस्पताल हिँडेका उनलाई पुलचोकमा रहेका बन्दकर्ताहरुले झरेर जान भन्दै साइकलको हावा खोलिदिए ।
उनले भने, ‘बिरामी भेट्न अस्पताल हिँडेको साइकल पसल खुला भएन, हावा हाल्न नै पाइएन, डो¥याउँदै अस्पताल र अस्पतालदेखि घर पुग्नुप¥यो ।’ साइकल चढेर हिँड्न पनि नपाएको भन्दै उनले आक्रोश पोखे ।

vie: echitwanpost
No comments:
Post a Comment
Thanx for your comment