विधुर ढकाल
कविलास । कविलास गाविसको खेतबारीमा वर्षा याममा माथि डाँडाबाट पहिरो झरेर हैरानै पार्ने गथ्र्याे । पहिरोका कारण कैयाँै पटक खेतमा पानी लैजान बनाइएको कुलोसमेत पुरियो ।
अनेक प्रयास गर्दापनि समस्याको समाधान हुन नसकेपछि स्थानीय महिलाको सक्रियतामा कुलोमाथिको सात कठ्ठा भिरालो डाँडोमा अम्रिसोखेती सुरू गरेपछि भने पहिरोको समस्या टरेको छ । डाँडोमुनि बग्ने कुलो पनि निरन्तर बगिरहेको छ ।
त्रिवेणी आमा समूह कविलास—९ खेतबारीको सक्रियतामा श्रम नेपालका प्राविधिक सहयोगमा स्थानीय वागेश्वरी सामुदायिक वनको क्षेत्रभित्र व्यावसायिक अम्रिसोखेती गर्न थालेका हुन् । गत वर्षदेखि खेती थालेका उनीहरुले अहिले एक बाली भित्र्याएर बजारमा पठाउने तयारी रहेको समूहकी अध्यक्ष पार्वती बरालले बताउनुभयो ।
१७ घरधुरी रहेको यस गाँउमा महिलाले पनि केही गरेर देखाउनु पर्छ भनेर काम थालेको अध्यक्ष बरालकोे भनाइ छ । उहाँले भन्नुभयो, ‘हामी प्रत्येक घरबाट एक÷एक जना महिलाले यो कामको थालनी गरेका हौं ।’ १७ जना महिलाको समूह गत वर्ष गाउँमाथिको जङ्लमा गएर एक÷एक डोका अम्रिसोको बिरुवा ल्याएर रोपेका थिए । भर्खरमात्र पहिलो बाली भित्र्याएका उनीहरु उत्साही छन् ।
‘अहिले बजार मूल्य अलि कम छ भनेर बजार लगेका छैनौँ, अलिपछि बजार लाने सोचमा छौं’, बरालले भन्नुुभयो । पहिले कसरी लगाउने ज्ञान पनि कम थियो । अब त अलि जान्ने भइसकेका छौं । अबको बाली अझ राम्रो हुनेमा उहाँले आशा व्यक्त गर्नुभयो ।
स्थानीय महिलाले अम्रिसो बालीको पालैपालो रेखदेख र संरक्षणको काम गरिरहेका छन् । यो खेतीबाट आएको अम्दानीले अहिले समूहकै लागि खर्च गर्ने सोच रहेपनि पछि आम्दानी बढ्दै गएपछि सामाजिक काममा लगाउने उनीहरुको सोच छ । ‘अहिले त हामीसँग समूहको कोष पनि छैन, सुरूमा त कोषमा नै राख्छांै पछि कोष बढेपछि पानी धारो र चौतारो बनाउने सोच छ’, समूहकी अध्यक्ष बरालले बताउनुभयो ।

No comments:
Post a Comment
Thanx for your comment