काठमाडौं, जेठ ३- बाल यौन दुर्व्यवहारको अभियोग लागेका मर्निङ स्टार
चिल्ड्रेन च्यारिटी नामक बालगृह चलाउँदै आएका विष्णु पराजुली र उनकी
पत्नीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।
सञ्चालक विष्णु पराजुलीले श्रीमतीको सहयोगमा तीन-चार वर्षदेखि चार बालिकालाई बलात्कार गर्दै आएको र अन्य बालिकामाथि पनि यौन दुर्व्यवहार गरेको आरोप छ। चपली-९ मा रहेको बालगृहमा ४१ बालबालिका छन्।
यसअघि केन्द्रीय बालकल्याण समितिको एक टोली स्थलगत अध्ययन गर्न उक्त बालगृह पुगेको थियो। पराजुली दम्पतीले यौन दुर्व्यवहार गर्ने गरेको प्रमाणहरू भेटिएको केन्द्रीय बाल कल्याण समितिकी कार्यक्रम संयोजक नमुना भुषालले बताइन्।
उनका अनुसार त्यहाँका बालिकामध्ये चार जना तीन वर्षदेखि सञ्चालक पराजुलीबाट पटकपटक बलत्कृत भएको तथ्य भेटिएको छ। पीडित बालिकाहरूले ९/१० वर्षको उमेर हँुदादेखि नै यौन दुर्व्यवहारमा परेको बताएका थिए। उनीहरू अहिले १५ र १६ वर्षका छन्। अन्य बालिकाले पनि यौन दुर्व्यवहार भोग्दै आएको पाइएको छ। पराजुलीले बालिकाहरूको संवेदनशील अंग छुने, मुसार्ने, नांगो बनाउने, अपशब्द बोल्ने गरेको पाइएको टोलीले जनाएको छ।
यौनदुर्व्यहारमा पराजुलीलाई उनकी श्रीमती मुनाले पूर्णसहयोग गरेको र श्रीमानसँग यौन कार्यमा संलग्न हुन बाध्य पारेको पीडित बालिकाहरूले बताएका छन्।
अन्य बालिकाले पनि गम्भीर शारीरिक यातना भोगेको भेटिएको छ। लात्ताले हान्ने, भित्तामा घिसारेर दुःख दिनेजस्ता घटना उनीहरूले भोगेका थिए। यातनाकै कारण केही समयअघि दुई बालकको हात भाँचिएको थियो भने एक जनाको टाउको फुटेको थियो।
'पराजुली दम्पतीले दुर्व्यवहार गर्दा प्रतिकारमा उत्रने बालबालिकालाई शारीरिक र मानसिक यातना दिने गरेको पाइएको छ,' भुषालले भनिन्, 'दुई वर्षदेखि यस्ता घटना भोग्दै आए पनि त्रासका कारण बाहिर भन्न सकेका थिएनन्। तनावले उनीहरूको पढाई र निद्रामा समेत बाधा परेको छ।'
६ वर्षअगाडि एक बालिकाले गर्भपतन गराएको र ती बालिका अहिले उक्त बालगृहमा नरहेको पनि पत्ता लागेको उनले बताइन्।
बाल दुर्व्यवहारको पर्याप्त प्रमाण भेटिएको पीडित पक्षका वकिल कमल गुरागाईले बताए। बलात्कारमा परेका चार बालिका अहिले केन्द्रीय बाल कल्याण समितिमा छन्। पराजुलीले बालबालिकालाई धम्क्याएर बयान फेर्न लगाएको पीडित पक्षको दाबी छ। तर प्रतिवादीका वकिल लभ मैनाली भने यौन दुर्व्यवहारको पर्याप्त प्रमाण नभेटिएको बताउँछन्। 'हामीले फाइल हेर्दा पर्याप्त प्रमाण भेटिएको छैन,' मैनालीले भने, 'आफ्ना नातिनातिना जस्ता बच्चालाई श्रीमतीको सहयोगमा कसरी बलात्कार गर्न सक्छन्?' लामो समयसम्म एउटै व्यक्तिले बाल गृह चलाएपछि त्यसैको रिसमा कसैले षडयन्त्र गरेको हुनसक्ने उनले बताए।
पराजुलीको बालगृह ०५६ /५७ सालमा जिल्ला प्रशासन कार्यलय काठमाडौंमा दर्ता भएको एक गैरसरकारी संस्था हो। यो समाज कल्याण परिषद्मा समेत आबद्ध छ। यस संस्थाले अभिभावक गुमाएका टुहुरा, गरिब, विपन्न तथा सडकमा पुगेका बालबालिकाहरूलाई उद्धार गरी उनीहरूलाई संरक्षण, शिक्षा दिने र आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ। संस्थाले २०६९ असार मसान्तसम्मका लागि केन्द्रीय बाल कल्याण समितिमा संस्था नवीकरण गरेकोसमेत पाइएको छ।
प्रतिवेदन बुझाउँदैनन् बालगृह
सन् २०११ पछिल्लो प्रतिवेदन अनुसार नेपालभर ६०२ बालगृह छन्। अहिलेसम्म ३८ जिल्लामा सरकारी र गैरसरकारी संस्थाले बाल गृह खोलेका छन्। यी बालगृहमा ६ हजार ६ सय ४७ जना बालिका र ८ हजार ४ सय ४८ बालक छन्।
सबैभन्दा धेरै काठमाडौंमा दुई सय ९१, ललितपुरमा १२५, कास्कीमा ५२, चितवनमा २४ यसैगरी भक्तपुरमा २० बालगृह छन्। यी बालगृहले वार्षिक रुपमा सरकारलाई बालगृहको आर्थिक, भौतिक, बालबालिकाको अवस्थाबारे प्रतिवेदन बुझाउनु पर्छ। तर अधिकांश बालगृहले बार्षिक प्रतिवेदन नबुझाउने गरको केन्द्रीय बाल कल्याण समितिमा अधिकृत रामबहादुर चन्द बताउँछन्।
पछिल्लोपटक बाल गृहमा कडाइ गर्ने भनेर समितिले गत माघमा प्रत्येक जिल्लालाई आफ्नो जिल्लाका बाल गृहको अवस्थाबारे प्रतिवेदन बुझाउन पत्रचार गरेको चन्दले बताए। जेठ मसान्तसम्मको म्याद दिए पनि अहिलेसम्म जुम्लाले मात्र जिल्लाका बाल गृहको अवस्थाबारे जानकारी गराएको छ।
vie: nagriknews

No comments:
Post a Comment
Thanx for your comment