Monday, May 7, 2012

श्रमिक धरपकडको विरोध

नारायणगढ । नेपाल स्वरोजगार व्यापार श्रमिक संघ काठमाडौंले भरतपुर नगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने स्वरोजगार श्रमिकमाथि भएको धरपकडको विरोध जनाएको छ ।
उपमहासचिव माया गुरुङले निकालेको विज्ञप्तिमा चालीसभन्दा बढी सडक व्यापारीलाई गिरफ्तारी गरी घाइते बनाएकोमा ध्यानाकर्षण जनाइएको छ ।  घटनामा घाइते भएका श्रमिकहरुको निःशुल्क स्वास्थ्योपचार र नोक्सान गरिएको सामानको क्षतिपूर्तिको लागि समेत संघले जोडदार माग गरेको छ ।
यसैबीच भरतपुर स्वरोजगार फुटपाथ व्यवसायी संयुक्त संघर्ष समिति चितवनले सम्पूर्ण बन्दका कार्यक्रम फिर्ता लिएको छ । भित्री सडकहरुमा अस्थायी रुपमा व्यवसाय सञ्चालन गर्न पाउने र सात दिनभित्र वैकल्पिक व्यवस्था मिलाउने सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको संघर्ष समितिका संयोजक टीकाबहादुर पौडेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी