भरतपुर । जिल्ला विकास समिति चितवनमा सोमबार एक
कार्यक्रमको आयोजना गरी नवआगन्तुक स्थानीय विकास अधिकारी बन्धुप्रसाद
बास्तोलालाई स्वागत गरिएको छ । जिल्ला विकास समितिका कर्मचारीहरुले उहाँलाई
जिविसमा स्वागत गरेका हुन् ।
कार्यक्रममा बोल्दै नवनियूक्त स्थानीय विकास अधिकारी बास्तोलाले जनप्रतिनिधिविहीन अवस्थामा काम गर्नुपरेको भन्दै राजनीतिक पूर्वाग्रहविना काम गर्न निर्देशन दिनुभयो । उहाँले जनप्रतिनिधिलाई स्थानीय निकाय हस्तान्तरण गर्न आतुर रहेको बताउनुभयो ।
‘अब संविधान बन्लाजस्तो छ, संविधान बने अबको दुई वर्षभित्र स्थानीय निकायमा जनप्रतिनिधिको निर्वाचन हुनेछ, त्यसका लागि हामी आतुर र्छौ’, बास्तोलाले भन्नुभयो । उहाँले जिल्लालाई कार्यसम्पादन मूल्याङ्कन एमसीपीएमका आधारमा उत्कृष्ट जिल्ला बनाउन पहल गर्न बताउनुभयो ।
कार्यक्रममा गाविस हकहित संरक्षण केन्द्रका उपाध्यक्ष प्रदीप थापा, जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर पूण्यराम सुलु, कर्मचारीहरुका तर्फबाट माधव उप्रेतीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम योजना अनुगमन तथा प्रशासकीय अधिकृत दुर्गादत्त ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो । बास्तोला पहिलो पटक स्थानीय विकास अधिकारीको रुपमा चितवनमा काजमा आउनुभएको हो ।

No comments:
Post a Comment
Thanx for your comment