Monday, May 28, 2012

पोर्न स्टार अब बलिउडमा


यस अधि उनको एडल्ट फिल्म बजारमा पोर्न स्टारको रूपमा परिचय बनाएकी सन्नी लियोन अब फिल्म क्षेत्रकी नायिकाको रूपमा परिचय बनाउने होडमा लागेकी छिन् । पोर्न फिल्ममा अभिनय गर्ने लियोनकालागी सामान्य फिल्ममा थोरै बोल्ड सिन दिन कुनै गार्हो नहुने देखेर होला सायद भारतका निर्माता तथा निर्देशकहरुको आँखा अब लियोनको त्रफ मोडिन थालेको छ ।
 एडल्ट फिल्मकी नायिका सन्नी लेओन यतिखेर बलिउड चलचित्र जिस्म २ मा काम गरिरहेकी छिन्। तर जिस्म २ अगाडि उनी आफ्नो एउटा एडल्ट फिल्म बजारमा ल्याउन चाहिरहेकी छिन्।
भारतीय संचारमाध्यमका अनुसार सनी आफ्नो लोकप्रियताको फाइदा उठाउँदै जिस्म २ तयार भएर बजारमा आउनुअगावै एउटा एडल्ट फिल्म आओस् भन्ने चाहिरहेकी छिन्। यो एडल्ट फिल्मका कारण जिस्म २ लाई पनि फाइदा पुग्ने उनले ठानेकी छिन्। उनी यो फिल्ममा त्यस्तो फोटोग्राफर बनेकी छिन् जो आफूलाई नराम्रो गर्ने हरेकसँग बदला लिन्छिन्। हाल सुटिङमा रहेको जिस्म २ मा उनी हिन्दीमै संवाद बोलिरहेकी छिन् र दिनप्रतिदिन भाषाप्रतिको आत्मविश्वास बढ्दै गएको उनले भारतीय साचारमाध्यमलाई बताएकी छिन्।
भारतीय मूलकी क्यानाडाली नागरिक सन्नी ब्लु फिल्म खेलेर सनसनी मच्चाएकी अभिनेत्री हुन् । सन्नीसँग डिनो अहिले यति नजिकिएका छन् कि कसैले सन्नीलाई ‘पोर्न स्टार’ भनेको सुन्दा उनको मन दुख्छ । तर, सन्नी स्वयंलाई भने यसको कुनै वास्ता छैन । जिस्म २’ मा सन्नीले अभिनय गर्ने भएपछि यसले ठूलो चर्चा पाएको छ । ब्लु फिल्म खेलेकै कारण यहाँ उनको चर्चा भएजस्तो लाग्छ । तर, ब्लु फिल्ममा अभिनय गरेर उनले केही गल्ती गरेकी छैनन् । उनको राष्ट्रमा ब्लु फिल्ममा खेल्नु गैरकानुनी काम होइन,’ उनले भने ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी