Monday, May 14, 2012

याहूका सिईओ स्कट थम्पसनले दिए राजीनामा


१ जेठ, एजेन्सी । इन्टरनेट सर्च इन्जिन याहूका प्रमुख कार्यकारी अधिकारी(सिईओ)ले राजिनामा दिएका छन् । थैम्पसनले आफूविरूद्ध गलत आरोप लागेका कारण राजीनामा दिएको बताइएको छ तर आधिकारिक कारण भने खुलेको छैन् ।
थेम्पसनको राजीनामा पछी बसेको सञ्चालक समितिको बोर्ड बैठकले फ्रेड एमोरोसो लाई अध्यक्षमा नियुक्त गरिएको छ भने अन्तरिम प्रमुख कार्यकारी अधिकृतमा रस लेबिन्सनलाई नियुक्त गरिएको छ ।
थैम्पसनले यही २०१२ जनवरीबाट आफ्नो कार्यभार सम्हालेका थिए । एजेन्सीले जनाए अनुसार याहूका एक सञ्चालक डैन लोएवले थैम्पसनलाई उनले आफ्नो शैक्षिक योग्यताका विषयमा गलत सन्देश दिएको आरोप लगाएका थिए तर थम्पसनले आपूले स्टोनहिल कलेजबाट कम्प्युटर विज्ञानमा स्नातक गरेको बताउँदै आएका थिए । उनी सम्बन्धी यस्तो आरोपका कारण उनी विवादित बन्दै आएका थिए ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी