काठमाडौँ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज बिहान मुस्ताङको जोमसोममा अग्नि एयरको विमान दुर्घटना भई १५ जनाको निधन र छजनाको गम्भीर घाइते भएको खबरले आफूलाई मर्माहत बनाएको जनाउनुभएको छ ।आज एक प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।उहाँले स्थानीय प्रशासन, सेना र प्रहरीलाई घाइतेको उद्धारमा तदारुकताका साथ जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन पनि दिनुभएको छ । साथै, उहाँले उद्धार कार्यमा सघाउन सम्बन्धित सबैमा आग्रह पनि गर्नुभएको छ ।

No comments:
Post a Comment
Thanx for your comment