विधुर÷गोविन्द
नारायणगढ । पटकपटकको बन्दको मारमा सर्वसाधारण परिरहेका बेला बन्द झन् थपिँदै गएको छ । बन्दका कारण सर्वसाधारणमात्र नभई चितवनका बैंक तथा वित्तीय संस्थाहरु पनि परेको बैंकका सञ्चालक तथा प्रबन्धकहरुले गुनासो गरेका छन् ।
यसअघि भएको ब्राह्मण क्षेत्रीलगायतका विभिन्न जातीय संगठनहरुको संघर्ष समितिले आयोजना गरेको बन्दको मारमा परेका बैंक तथा वित्तीय संस्थाहरु आइतबार खुले पनि पुनः थारु संयुक्त संघर्ष समितिले आयोजना गरेको पाँच दिने तराई बन्दका कारण मारमा परेका हुन् ।
यसभन्दा अगाडिका बन्दहरुमा बैंकहरुले भित्रभित्रै भएपनि कारोवार गर्ने गरेकोमा अहिलेको बन्दमा कार्यालयमा नै आएर चेतावनी आएकाले कारोवार सञ्चालन गर्न नसकेको बैंकका सञ्चालकहरु बताउँछन् ।
नेपाल बैंकर एसोसिएसन चितवनका संयोजक तथा शुभेच्छा विकास बंैकका निर्देशक दक्षकुमार श्रेष्ठले बन्दमा बैंक सञ्चालन नगर्न चेतावनी आएकाले कारोवार सञ्चालन गर्न नसकेको बताउनुभयो । बन्दको मारमा काठमाडौंभन्दा पनि चितवनजस्ता मोफसलका बैंकहरुलाई असर पर्ने गरेको उहाँको भनाइ छ ।
चितवनमा केन्द्रीय कार्यालय रही पाँचवटा विकास बंैकले कारोवार सञ्चालन गरेका छन् भने करिब ७५ वटा अन्य बंैक तथा वित्तीय संस्थाहरुले कारोवार सञ्चालन गरिरहेका छन् । यसरी बन्द बढ्दै जाँदा दैनिक कारोवारमा समेत मन्दी छाएको संयोजक श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘दैनिकरुपमा ठूलो कारोवार गर्ने वित्तीय संस्था तथा वाणिज्य बैंकहरुले चार÷पाँच करोडको कारोवार गर्दछन्, आर्थिक वर्षको अन्त्य नजिकिँदै जाँदा भएको बन्दले आर्थिक लक्ष्य प्राप्तीका लागि असर गर्ने देखिन्छ ।’ यहाँको बंैकमा कारोवार गर्न आउनेहरु गाँउबाट आउने अधिक रहेको र उनीहरु नै बैंकसम्म आउन नसक्दा कारोवार त्यसै नै कमी आएको श्रेष्ठले बताउनुभयो ।
यता, राज्य सुरक्षाको प्रबन्ध मिलाइदिए बैंक सञ्चालन गर्नसक्ने सिद्धार्थ डेभलेपमेण्ट बंैक नारायणगढ शाखाका प्रबन्धक सविन घिमिरे बताउनुहुन्छ । ‘दैनिक करोवारमा मन्दी आएको छ, सुरक्षाको कारण केन्द्रले बन्द गर्न भनेको छ, राज्यले सुरक्षा दिन सकिरहेको छैन’, उहाँले भन्नुभयो ।
अहिले भइरहेको बन्दले तत्काल घाटा नदेखाए पनि दीघकालीन असर गर्ने एनसीसी बंैक नारायणगढका शाखा प्रबन्धक विनय अधिकारीले बताउनुभयो । ‘बैंकिङ् कारोवारमा तत्काल घाटा भनेर नदेखिए पनि यसको असर वर्षको अन्त्यमा पर्न जान्छ, हामीले लिएको लक्ष्य प्राप्त गर्न सक्दैनौं’, उहाँले भन्नुभयो ।
बैंकहरु सञ्चालनमा नआउँदा सर्वसाधारणहरु पनि मर्कामा परेका छन् । नारायणगढको हिमालयन बैंकमा चेक साट्न आइपुगेका जगतपुरका चन्द्रकान्त घिमिरेले भन्नुभयो, ‘टाढाबाट आइयो, बैंक बन्द रहेछ, आज ऋण नतिरे साहू कराउँछ ।’
यसअघिका बन्दमा एटीएम सञ्चालनमा आउने गरेकोमा यसपटकको बन्दमा एटीएम पनि सञ्चालनमा आउन नसक्दा सर्वसाधारणहरु थप मर्कामा परेका छन् ।
यसैबीच उद्योग वाणिज्य संघ चितवनले देशमा बढिरहेको बन्द गर्ने प्रवृत्तिको विरोध गर्दै व्यापार व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्नसक्ने वातावरण निमार्ण गर्न माग गरेको छ ।
संघका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जारी गरेको विज्ञप्तिमा यसरी हुने बन्दका कारण राष्ट्रियरुपमा औद्योगिक क्षेत्रले दैनिक ८३ करोड ८० लाख बराबरको नोक्सानी बेहोरिरहेको तथा सेवा एवम् व्यवसायले एक अर्ब १५ करोड ४० लाख बराबरको क्षति भइरहेको जानकारी दिनुभयो ।
यसरी एक दिन बन्द गर्दा एक अर्ब ९९ लाख बरावरको नोक्सानी भइरहेको बताउँदै बन्दकर्तालाई यसतर्फ सचेत हुनसमेत अध्यक्ष भट्टराईले आग्रह गर्नुभएको छ । उहाँले सरकार तथा प्रशासनसमक्ष शान्ति सुरक्षाको व्यवस्था मिलाउन माग गर्नुभएको छ ।

No comments:
Post a Comment
Thanx for your comment