रत्ननगर । बेलुका पुनः भेटने गरी आमाबुबासँग बिहान ८ बजे छुट्टिएका विमान
चालक (पाइलट) प्रभूशरण पाठक कहिल्यै नर्फकने गरी बिदा भए । विमान दुर्घटना
हुनुअघि आमा तारा पाठक र बुबा हरिशरण पाठकसँग उहा“को विमानस्थलमा भएको भेट
नै अन्तिम हुन पुग्यो ।
छोरालाई भेटेको १० मिनेटमै आमाबुबा विमानस्थलबाट बाहिर निस्कन नपाउँदै जहाज दुर्घटना भएको खबर सुन्नु प¥यो । आमा तारा र बुबा हरिशरण राधेराधे माला समितिको प्रवचन सुन्न आइतबारमात्र पोखरा गएका थिए ।
‘ठूलो बुबा र ममी प्रवचन सुन्न पोखरा जानुभएको थियो, दाजी पोखरामा रहेको थाहा भएपछि तीन जना बिहान भेट हुनुभएको थियो’, प्रभुशरणका भाइ (सानिमाको छोरा) निर्मल पाठकले भन्नुभयो, ‘उहा“हरुले बेलुका भेट्ने कार्यक्रम पनि तय गर्नुभएको थियो ।
‘दाजीले तपार्इंहरु बस्दै गर्नुस्, म जोमसोम पुगेर आउँछु भन्नुभएको रहेछ’, उहा“ले भन्नुभयो, ‘सायद अन्तिम भेट हुन लेखेको भएर होला हिजो (आइतबार) मात्र ठूलोबुबा र ममी कार्यक्रमको लागि पोखरा जानुभएको थियो ।
मुस्ताङको मार्फा गाविसमा भएको अग्नि एयरको जहाज दुर्घटनामा रत्ननगर निवासी विमान चालक (पाइलट) प्रभुशरण पाठकको पनि मृत्यु भएको छ । विमान चालक पाठक रत्ननगरका पुराना व्यवसायी हरिशरण पाठकका जेठा छोरा हुन् । हरिशरणका दुई छोरामध्ये कान्छो छोरा श्यामशरण भने विदेश (र्जमन)मा रहेका छन् ।
झण्डै १६ वर्षदेखि विमान चालकको काम गर्न सुरू गर्नुभएका पाठक नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकृतसमेत रहनु भएको छ । धेरैजसो समय कार्यालयको काममा व्यस्त हुने विमान चालक पाठकले बिहान बेलुका फुर्सद मिलाएर विमान चलाउने गरेको बताइएको छ ।
४४ वर्षीय विमान चालक पाठकका श्रीमती एक छोरा एक छोरी छन् । चालक पाठक परिवारसहित काठमाडौंमा बस्दै आउनुभएको थियो । रत्ननगरस्थित घरमा आमाबुबा र बहिनीमात्र बस्दै आएका थिए । आमाबुबा पोखरा रहेकाले घरमा बहिनीमात्र रहनुभएको भियो ।
११ बज्दानबज्दै विमान दुर्घटना भएको जानकारी पाएका आफन्तहरु घटनाको विषयमा बुझ्न घरमा आउनेक्रम बेलुका अबेरसम्म पनि जारी रहेको थियो ।

vie: www.echitwanpost.net

No comments:
Post a Comment
Thanx for your comment