पोखरा । पोखराबाट जोमसोमका लागि उडेको अग्नि एयरको विमान
जोमसोम विमानस्थलनजिकै दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । सो
दुर्घटनामा विमान चालक चितवन रत्ननगरका पीएस पाठकसहित १५ जनाको मृत्यु भएको
छ ।
अवतरण गर्न केही समयमात्रै बाँकी रहँदा अग्नि एयरको नाइन एन एआईजी विमान मार्फा गाविस–५ स्थित डाँडामा ठोक्किएर दुर्घटना भएको हो । विमानमा रहेका चालक पाठक र सहचालक एसडी महर्जनसहित अन्य १३ जना सबै विदेशी नागरिक रहेका छन् ।
नागरिक उड्ययन प्राधिकरणका अनुसार मृत्यु हुने अन्य यात्रुहरुमा सुमन डङ्गोल महर्जन, के चैतन्य, एसके अरोरा, एम होन्डा, एमके अरोरा, आर होन्डा, केओ अरोरा, टी सचदेव, जी सचदेव सानैम सुधर, जी रमन, कुमार, कुमार र लथा इचमवादी रहनुभएको छ ।
मृत्यु हुनेहरुमध्ये दुई नेपाली र १३ भारतीय नागरिक रहेका छन् । मृतकहरुको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पु¥याइएको प्राधिकरणले जनाएको छ ।
विमानमा चालक दलका तीन सदस्यसहित २१ यात्रु थिए । जसमध्ये १६ भारतीय र २ जना युरोपेली नागरिक थिए । मुस्ताङको प्रसिद्ध मन्दिर मुक्तिनाथ दर्शनका लागि यात्रुहरु लिएर गएको विमान बिहान करिब १० बजे दुर्घटनामा परेको हो ।
विमानको अगाडिको भाग डाँडामा ठोक्किएर क्षति भएको छ । घाइते ६ जनालाई उद्धार गरी उपचारका लागि पोखरास्थित मणिपाल अस्पताल पु¥याइएको छ । घाइते सबैको उपचार भइरहेको छ ।
दुर्घटनामा परेकामध्ये १० जनाको जीवितै उद्धार गरिएको भएपनि चार जनाको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । नेपाली आकाशमा अहिलेसम्म ७१ वटा विमान दुर्घटना भएका छन्, जसमा परी ३ सय जनाभन्दा बढीको मृत्यु भएको छ ।
सरकारले जोमसोममा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विज्ञप्ति जारी गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यसैबीच नेपालका लागि भातीय महावाणिज्य दूत प्रशान्त देशपाण्डेले सोमबारै एक विज्ञप्ति जारी गरी सो दुर्घटनामा १३ जना भारतीय नागरिकको मृत्यु भएकोमा दुःख प्रकटन गर्नुभएको छ । मृतकका परिवारहरुप्रति गहिरो समवेदना व्यक्त गर्दै उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

No comments:
Post a Comment
Thanx for your comment