भरतपुर । पूर्वी चितवनको सौराहाचोकमा आइतबार मिनीबसले रिक्सा र साइकललाई
ठक्कर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
टाँडीबाट भरतपुर आउँदै गरेको ना ३ ख ६०४६ नम्बरको मिनीबसले बिहान साढे ६ बजे साइकल र रिक्सालाई ठक्कर दिएको हो । बसको ठक्करबाट साइकलमा सवार कुमरोज–७ का २२ वर्षीय हरि नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते नेपालीको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा मृत्यु भएको हो । अन्य घाइतेहरुको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने चालक र बस प्रहरी नियन्त्रणमा रहेका छन् ।
सो घटनालाई लिएर तत्काल क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गर्दै पीडित परिवारले भरतपुरस्थित चौबीसकोठीमा केहीबेर चक्काजाम गरेका थिए । क्षतिपूर्ति दिन यातायात समिति सहमत भएपछि चक्काजाम खुलेको थियो ।
यसैबीच भण्डारामा सोमबार मोटरसाइकलको ठक्करबाट ४ वर्षकी बालिका घाइते भएकी छन् । ना १७ प ७७१४ नम्बरको मोटरसाइकलले बाटोछेउमा रहेकी स्थानीय बालिका विनिता बराललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
उनको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments:
Post a Comment
Thanx for your comment