भरतपुर । थारु संघर्ष समितिले आह्वान गरेको बन्दको पहिलो दिन चितवनलगायत
तराईका विभिन्न जिल्लामा प्रभाव देखिएको छ । बन्दको बेला कार्यालय खोलेको
भन्दै बन्दकर्ताले मालपोत कार्यालय भरतपुरमा तोडफोड गरेका छन् । तोडफोडबाट
कार्यालयका सिसाहरु फुटेका छन् ।
यस्तै बन्दको अवज्ञा गरेको भन्दै रत्ननगरको सौराहाचोकमा एउटा मोटरसाइकलमा तोडफोड भएको छ भने कृष्ण मन्दिरचोकमा पनि पत्रकार चढेको मोटरसाइकलमा तोडफोड भएको छ ।
हाम्रो एफएमका पत्रकारद्वय आशिष अधिकारी र प्रस्ताव सुवेदीमाथि अभद्र व्यवहार गर्दै मोटरसाइकल तोडफोड गरेका हुन् । मोटरसाइकलको सिसा फुट्नुका साथै पछाडिको भागमा क्षति पुगेको छ । आफूलाई सञ्चारकर्मी भनी चिनाउँदा चिनाउँदै पनि बन्दकर्ताले मोटरसाइकलमा तोडफोड गरेको पीडित पत्रकार बताएका छन् ।
पत्रकारको सवारी तोडफोड र अभद्र व्यवहार भएकोप्रति नेपाल पत्रकार महासंघ चितवन र नेपाल प्रेस युनियन चितवनले विरोध जनाएका छन् । उनीहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गर्दै स्वतन्त्रतापूर्वक समाचार संकलन गर्न पाउने वातावरण मिलाई दिन बन्दकर्ताहरुसँग आग्रह गरिएको छ ।
बन्दका कारण चितवनमा गाडीहरु ठप्प छन् भने बजार पसलहरु पनि खुलेका छैनन् । बन्दकर्ताहरुले नारायणगढको पुल्चोक, पूर्वी चितवनका विभिन्न स्थानलगायतका क्षेत्रमा प्रदर्शन गरेका छन् । कक्षा ११ को परीक्षालाई भने अवरोध गरिएको छैन ।
जातीय पहिचानसहितको थरुहट प्रदेशको माग र केही दिनअघि कावासोतीमा भएको घटनाको विरोधका लागि भन्दै बन्द घोषणा गरिएको थारु संघर्ष समितिले जनाएको छ । बन्दको प्रभाव नवलपरासीमा पनि परेको छ । नवलपरासीका राजमार्गमा यातायात ठप्प छन् भने बजार, शैक्षिक संस्थालगायतका क्षेत्र पनि प्रभावित भएका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले परासीमा एउटा मोटरसाइकल तोडफोड गरेको प्रहरीले जनाएको छ । बन्दकर्ताले सातवटा मोटरसाइकल नियन्त्रणमा लिएका थिए ।
बन्दलाई आदिवासी जनजाति महासंघले पनि समर्थन गरेको छ । यसअघि आइतबार ‘समग्र मधेश–एक प्रदेश’को माग गर्दै मधेशी जनाधिकार फोरम नेपालले नवलपरासीसहित मधेश बन्द गरेको थियो । लगातारको बन्दले सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ ।
उता, अखण्ड सुदूरपश्चिमको माग गर्दै आन्दोलन जारी रहँदा सोमबार १८ औं दिन पनि सुदूरपश्चिमका जिल्ला बन्द छन् । लगातारको बन्दका कारण दैनिक उपभोग्य वस्तुका साथै औषधिलगायतका अत्यावश्यक सेवासमेतको अभाव भएको छ ।
आन्दोलनरत पक्ष वार्ताका लागि काठमाडौं पुगेपनि सहमति जुट्न सकेको छैन । यसैबीच अधिकार र पहिचानको लागि आन्दोलन गरिरहेका संघसंस्था तथा समूहहरुले जातीय सद्भाव कायम राख्न सबैसँग अनुरोध गरेका छन् । आफ्नो अधिकारको लागि आन्दोलन गर्दा अरुको अधिकार हनन् हुन नदिनका लागि सतर्क हुनुपर्ने उनीहरुको भनाइ छ ।
जातीय राज्यको पक्ष विपक्षमा भइरहेका आन्दोलनले जातीय सद्भाव र आपसी सम्बन्धमा खलल् पुग्नसक्ने आशंका बढिरहेको बेला उनीहरुले सजक हुन आग्रह गरेका हुन्

No comments:
Post a Comment
Thanx for your comment