भरतपुर । जातीय आधारमा राज्यको पुनर्संरचना गरिनु ठीक कि बेठीक भन्ने सवालमा नमुना जनमत संग्रह सोमबार भरतपुरमा सम्पन्न भएको छ । उक्त जनमत संग्रहमा जातीय आधारमा राज्यको पुनर्संरचना गरिनु हुँदैन भन्नेमा अधिकांश मत परेको जनमत संग्रहका निर्वाचन अधिकृत हरिहर अधिकारीले जानकारी दिनुभयो ।
विद्यार्थी एकता दिवसको अवसरमा अनेरास्ववियु वीरेन्द्र बहुमुखी क्याम्पसद्वारा आयोजित ‘राज्य पुनर्संरचना गर्दा जातीय आधारमा गरिनु पर्छ कि पर्दैन’ भन्ने नमुना जनमत संग्रहमा कुल खसेको ११६२ मतमध्ये १०५९ मत अर्थात् ९० दशमलब ४५ प्रतिशत जातीय राज्यको विपक्षमा खसेको थियो । त्यस्तै जातीय राज्यको पक्षमा ७९ मत र ३२ मत बदर भएको निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो ।
वीरेन्द्र बहुमुखी क्याम्पस प्राकका अध्यक्ष विमल केसीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेकपा (एमाले) चितवनका अध्यक्ष कृष्णप्रसाद खनाल रहनुभएको थियो । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य रुद्र सुवेदी, अनुप जोशी, जिल्ला अध्यक्ष निरज भट्ट, क्याम्पस प्रमुख केशवभक्त सापकोटा, युवा संघ चितवनका अध्यक्ष प्रल्हाद प्रधान अतिथिको रुपमा रहनुभएको थियो ।
बिहान ८ः०० बजेदेखि १०ः३० बजेसम्म चलेको सो नमुना जनमत संग्रहमा बोल्दै प्रमुख अतिथि खनालले जातीय आधारमा देश संघीयतामा गए नेपाल विखण्डन हुनसक्ने भन्दै देशलाई कसरी संघीयतामा लाने भन्ने विषयमा जनमत संग्रह गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो
यसैबीच विाद्यर्थी दिवस तथा युवा संघ स्थापना दिवसको अवसरमा अनेरास्ववियु चितवन तथा युवा संघ चितवनले भरतपुरको चौबीसकोठीमा साँझ दीप प्रज्ज्वलन गरेको छ ।

No comments:
Post a Comment
Thanx for your comment