भरतपुर । लगातार भइरहेको बन्द र हडतालले विद्यालयहरुलाई व्यापक असर परेको
कारण देखाउँदै चितवनका विद्यालयहरु बन्द गरिएको छ । जिल्लाका पाँच विभिन्न
शिक्षक संगठनले बन्द हडतालले पठनपाठनमा असर परेको जनाउँदै सोमबारबाट जेठ १२
गतेसम्मका लागि सम्पूर्ण विद्यालयहरु बन्द गरिएको जानकारी दिएका छन् ।
वर्षे बिदाबाट कटौती हुने गरी ११ दिन विद्यालय बन्द गरिएको ती
संगठनहरुद्वारा संयुक्त जारी विज्ञप्तिमा जनाइएको छ । यसअघि नै जिल्लाका
निजी विद्यालयहरुमा विद्यार्थी संगठनहरुले शुल्कवृद्धिको विरोधमा एक
साताअघिदेखि पठनपाठन बन्द गराएका थिए ।
उता, नवलपरासीमा पनि सामुदायिक तथा निजी विद्यालयहरु सोमबारदेखि बन्द गरिएको छ । विभिन्न समुदाय तथा दलहरुको बन्दले पठनपाठन अवरुद्ध भएको भन्दै जेठ १४ गतेसम्म विद्यालयहरु बन्द गरिएको हो ।
विभिन्न जातीय समूह र समुदाय तथा दलहरुको बन्दले पढाइ अवरोध भएकोले १४ दिन विद्यालय बन्द गरिएको शिक्षक युनियनका जिल्ला अध्यक्ष मोहन शर्माले बताउनुभयो ।

No comments:
Post a Comment
Thanx for your comment