भरतपुर । राज्य पुनर्संरचना र संघीयताको सवालमा दल तथा तिनका नेताहरुले
आ—आफ्नै स्वार्थअनुरुप परिभाषित गर्दा समस्या उत्पन्न भएको एक कार्यक्रमका
वक्ताहरुले आरोप लगाएका छन् । उनीहरुले दलका नेताहरुले सिद्धान्तका आधारमा
संघीयताको कुरा गर्नुका साटो आफ्नो अुनकूल कुरा गर्दै हिँडिरहेकोले जातीय
सद्भाव खलबलिने आशंंका पनि व्यक्त गरेका छन् ।
सोमबार भरतपुरमा आयोजित उज्यालो ९० नेटवर्कको रेडियो कार्यक्रम ‘नेपालीको अभियान शान्ति र संविधान’ मा उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै इन्सेक चितवनका संयोजक मुकुन्द दाहालले संघीयताको सर्वमान्य सिद्धान्तविपरीत संघीयताको बहस अगाडि बढिरहेको बताउनुभयो । बृहत् चितवन र अखण्ड सुदूरपश्चिमको आन्दोलनलाई संघीयताविरोधीको संज्ञा दिँदै थारु मुक्ति मोर्चाका केन्द्रीय सदस्य विश्वनाथ थारुले पुराना शासकहरुको सत्तामोह अझ पनि भङ्ग हुन नसकेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘जुन आन्दोलन अहिले चर्किएको छ त्यसमा पहिले जो सत्ताको वरिपरि थिए, तिनीहरुकै स्वार्थबाट प्रेरित छ, उनीहरुले सत्ताबाट आफ्नो हात निकाल्नुपर्ने अवस्था आउँन लाग्दा यो आन्दोलन अगाडि बढाएका हुन् ।’
त्यस्तै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले बृहत चितवनको अवधारणा यसको सामथ्र्य र पहिचानका आधारमा आएको भन्दै यसलाई राप्ती उपत्यकाका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘चितवन भएर बग्ने नारायणी, राप्ती र रिउलाई आधार बनाएर यसलाई छुट्टै प्रदेश निर्माण गरिनुपर्ने यहाँका स्थानीय बासिन्दका माग रहेको छ ।’
चितवनमा सञ्चालित बृहत् र एकीकृत चितवनका आन्दोलनमा यहाँका आदिवासी जनजातिहरुलाई दलहरुले नसमेटेका कारण फेरिपनि आफूहरुलाई दलहरुले अधिकारबाट वञ्चित बनाउने त होइनन् भन्ने आशंका यहाँका भूमिपुत्र थारुलगायतका आदिवासीको आशंका रहेको आदिवासी जनजाति पत्रकार संघका अध्यक्ष सन्तकुमार चौधरीले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष जनक अर्याल, बार एसोसिएसनका अध्यक्ष गोविन्द सिग्देल, वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख केशवभक्त सापकोटा, उपभोक्ता अधिकार मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापक मधुसुदन दवाडीलगायतले बोल्नुभएको थियोे ।
यसैबीच शिवमालिका मन्दिर समिति र ज्ञानगंगा सत्संग समिति भरतपुरले जातीय सद्भाव कायम राख्न सबैसँग अपिल गरेका छन् ।
दुबै समितिद्वारा संयुक्त जारी विज्ञप्तिमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले हालै दिएको एक अभिव्यक्तिप्रति आपत्ति जनाइएको छ । आपसी सद्भाव बिथोल्ने अभिव्यक्ति नदिन विज्ञप्तिमा सबैसँग आग्रह गरिएको छ ।

No comments:
Post a Comment
Thanx for your comment