Monday, May 14, 2012

प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति

भरतपुर । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जातीय राज्यको पक्षमा आन्दोलनमा उत्रन जनजाति समूहलाई उक्साएको भन्दै संयुक्त संघर्ष समिति चितवनले विरोध गरेको छ ।
समितिका जिल्ला संयोजक धनबहादुर कार्कीले सोमबार एक विज्ञप्ति जारी गरी जातीय राज्यको विरोधमा उर्लिएको जनलहरलाई देखेर दाहालले हतास मानसिकतामा अभिव्यक्ति दिएको आरोप लगाउनुभएको छ । जातीय पहिचानका आधारमा प्रदेशको विभाजन गर्न नहुने बहुसंख्यक जनताको चाहना र भावनामाथि माओवादी अध्यक्ष दाहालले खेलबाड गर्न खोजेको समितिले थप आरोप लगाएको छ ।
दाहालको अभिव्यक्तिले जातीय सद्भावमा खलल्ता उत्पन्न हुन सक्नेतर्फ ध्यानाकर्षण भएको जनाउँदै समितिले जातीय राज्यको पक्षमा अभिव्यक्ति दिएर माओवादी अध्यक्ष दाहालले गैरजिम्मेवारी प्रदर्शन गरेको जारीे विज्ञप्तिमा उल्लेख छ ।
‘हामी हाम्रो आन्दोलन र मागप्रति दृढ छौं’, जस्तोसुकै आँधिहुरी आएपनि राष्ट्र र राष्ट्रियताको लागि पाहाड बनेर उभिन संयुक्त संघर्ष समिति सक्षम छ’, विज्ञप्तिमा भनिएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी