१५ जेठ, काठमाण्डौं । संविधानसभाका अध्यक्ष सुभासचन्द्र नेम्बाङले संविधानसभाको बैठक बोलएको भए संविधानसभा भंग हुने थिएन, जुन आइतबार राती भयो । राजनीतिक सहमतिका नाममा दलहरुबीच बैठक भईरहेका बेला नेम्बाङले बैठक सुरु गरेर केही घण्टाका लागि स्थगित गर्नसक्ने थिए । गत बर्ष पनि नेम्बाङले १२ बज्न केही समयमात्र बाँकी रहेका बेला बैठक बोलाएर स्थगित भएको बैठक विहान करिव ४ बजे मात्र सुरु भएको खबर आजको राजधानी दैनिकले छापेको छ ।
दलहरुबीच सहमति नहुने भएपछि सरकारले नयाँ चुनावमा जान राति सवा ११ बजे नै निर्णय गरेको थियो । यसबीचमा पनि सभाध्यक्षले बैठक बोलाउन सक्ने भएपनि उनले बोलाएनन् । बरु तमासे बन्न रुचाए, उनले नेताहरुबीच के के सहमति भयो, के के विषयमा विमक्ति भयो र संविधान बन्न सकेन भन्ने जानकारी दिनसमेत हिम्मत नगरी विदा लिए ।
राजनीतिक सहमतिमा १४ जेठ भित्रै जसरी पनि संविधान जारी हुने भाषण गर्ने नेम्बाङले आफ्नै नेतृत्वका सभास्दले बैठक राख्न पटक पटक आग्रह गर्दा पनि बैठक डाक्न सकेका थिएनन् ।
vie: onlinekhabar
No comments:
Post a Comment
Thanx for your comment