Saturday, May 26, 2012

दलहरुले आज पनि सहमितको अन्तिम प्रयास जारी राख्ने

काठमाण्डौं । संविधानका विवादित विषयमा सहमित जुटाउन अन्तिम प्रयास स्वरुप जुटेका मोर्चा सहित शीर्ष दलको बैठक आईतबार पनि जारी रहेने भएको छ । संधिवान जारी गर्न अव केहि समयमात्र बाँकी रहेका बेलामा पनि विवादका विषय जस्ताको तस्तै रहेकाले दलहरुलाई बढी दवाव परेको छ ।
आन्तरीक र दुईपक्षिय छलफलमा जुटको दलहरुले विहान ९ बजे पछि मोर्चा सहित शीर्ष चारदलको बैठकमा छलफल गर्ने तयारी गरेका छन् । आजको बैठकमा विवाद समाधानका लागि अधिकतम प्रयास गर्ने र मध्यरात सम्ममा संविधान जारी गर्ने विकल्पका बारेमा छलफल गरिने नेताहरुले जानकारी दिएका छन् । त्यसअघि सबै दलले आआफ्नो पार्टीमा छलफल गरी अपनाउन सकिने लचकताको बारेमा निर्णय गर्ने प्रयास गरी रहेका छन् । सहमति भएका बिषयलाई एककिृत गरी संविधान जारी गर्ने र बाँकी विवादका विषयमा संविधानसभाको विघटनपछि बन्ने रुपान्तरित संसदमा छलफल गर्नेमा दलहरु सहमत भए पनि संघीय राज्यको संख्या, सीमा र नामको बारेमा भने कुरा मिलेको छैन । दलहरुबीच सहमति नभए अहिलेसम्म प्राप्त उपलब्धी संकटमा पर्ने प्रायः निश्चित छ ।
यसैबीच राष्ट्रपतिलाई भेट्न जानुभएको प्रधानमन्त्री बाबुराम भट्टराई भेटबार्ता सके लगत्तै माओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा पुग्नुभएको छ ।

source : onlinekhabar
 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी