Sunday, May 27, 2012

नेपालको बारेमा के लेखे विदेशी सञ्चार माध्यमले ?


काठमाडौ, जेठ १५ – नेपालमा नयाँ संविधान जारी हुन नसकेको र संविधानसभा  भंग भएको विषयमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्राथमिकताका साथ समाचार लेखेका छन् । बिबिसी, अलजजीरा, सिएनएन तथा हिन्दी भाषाका समाचारमा नेपालको समाचारलाई प्राथमिकताका साथ लेखिएको छ ।

बिबिसीले संविधान बनाउन नेपालले चुनावको घोषणा गर्‍यो शीर्षक दिएर समाचार लेखेको छ । थपिएको समयमा पनि राजनितिक दलहरु संविधान बनाउन असफल भएको बिबिसीले जनाएको छ । यस्तै अलजजीराले थपिएको समयसीमा भित्र पनि राजनीतिक दलहरुबीच सहमति नजुटेपछि संविधान बनाउनका लागि चुनावको घोषणा गरेको भन्दै समाचार लेखेको छ ।

हिन्दी भाषाका अनलाइनहरुले संविधान सभाका विवादीत विषयमा सहमति नभएपछि प्रधानमन्त्री बाबुराम भट्टराईले चुनावको घोषणा गर्नुभएको र चुनाव २२ नोभेम्बरमा गर्ने प्रस्ताव गर्नुभएको समाचार लेखेको छ ।

हिन्दी भाषाकै अर्को अनलाइनले नेपाल फेरी राजनीतिक भुमरीमा फसेको बताएको छ । समाचारमा लेखिएको छ ‘संविधान बनाउनका लागि हिजो संविधान जारी गर्ने अन्तिम दिन दलहरु राति अबेरसम्म छलफलमा जुटेपनि सहमति गर्न सकेनन र अन्तत चुनावमा जाने निर्णय भयो ।’

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले सर्वोच्च अदालतले संविधान सभाको म्याद नथप्न दिएको आदेशलाई पनि खबर बनाएका छन् । त्यस्तै सीएनएनले ‘नेपालमा राजनीतिक नेतृत्व फेल’ शीर्षकमा समाचार लेखेको छ ।
vie:unn.com.np

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी