Sunday, May 27, 2012

संविधानसभा भंग भएको सभासद्ले नै थाहा पाएनन्


१५ जेठ, काठमाण्डौं । आइतबार विहान ११ बजेका लागि बोलाइएको संविधानसभाको बैठक बस्दै नबसी अन्त्य भयो । दिनभर सहमतिको पर्खाइमा बसेका सभासद्हरुलाई विगठनको औपचारीक जानकारी समेत गराईएन ।

बैठक सुरु गर्नुपर्ने माग गर्दै सभासद्हरुले संविधानसभा भवन परिसरमा नाराबाजी समेत गरेका थिए । राती ११ बजे सम्ममा सहमति भएपनि संविधान जारी गर्न सकिन्छ भनेर पर्खाइमा बसेका सभासद्हरु मन्त्रिपरिषदको बैठक बसेर अर्को निर्वाचनको घोषणा गरेको सञ्चारमाध्यम मार्फत थाहा पाएर निरास हुँदै फर्किएको खबर आजको कारोबार दैनिकले छापेको छ :onlinekhabar

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी