Wednesday, May 16, 2012

तरकारीखेतीबाट मनग्य आम्दानी गर्न सफल पौडेल

विधुर ढकाल भरतपुर । गर्ने हो भने नेपालमा नै के हुँदैन र ? मात्र हुनु पर्दछ इच्छाशक्ति अनि केही गर्ने आत्मविश्वास । यस्तै आत्मविश्वास र इच्छाशक्तिका धनी भरतपुर भोजाडका मुकुन्दप्रसाद पौडेल १५ वर्ष विदेशमा बसेर नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ नेपाल फर्कनुभएको हो । हुँदाखाँदाको जागिरसमेत छाडेर नेपाल फर्किएका उहाँ अर्काकै बारीमा तरकारीखेती गरेर नेपालमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्न सफल हुनुभएको छ । भरतपुर—१३, कल्याणपुरमा अर्काको बारी भाडामा लिएर एक वर्षअगाडिदेखि तरकारीखेती थालेका उहाँले उत्पादनबाट उत्साही भएर खेतीलाई वृद्धि गर्ने सोचमा हुनुहुन्छ । तीन कठ्ठा जमिन भाडामा लिएर व्यवसाय सुरू गर्नुभएका उहाँले अहिले आठ कठ्ठामा तरकारी लगाउनुभएको छ । कतारमा गाडी लचाउने काम गर्नुहुने उहाँलाई रोजगारदाताले फेरि नबोलाएका पनि होइन् तरपनि उहाँले नेपालमा नै केही गरौँ भन्ने सोचका साथ विदेशको जागिरको माया मारेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा केही गरौँ भन्ने सोच थियो, किसानको छोरो खेती किसानी गरेर बस्छु भन्ने सोचे र फेरि विदेश नजाने निर्णयका साथ काममा लागेको हुँ ।’ सुरूमा टमाटरखेती गर्नुभएका उहाँ एक बालीमा नै पचास हजार रुपैयाँ बराबरको मुनाफा भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘अर्काको खेतमा सुरू गरेको, सुरूमा नै ५० हजार बराबरको नाफा भयो, अझ यसलाई बढाउने सोचमा छु ।’ अहिले पनि उहाँको बारीमा तरकारी फलिरहेका छन् । पाँच कठ्ठका करेला र तीन कठ्ठामा बोडी रोप्नुभएका उहाँले केही उत्पादनलाई बजार पु¥याइ सक्नुभएको छ, अझ झालमा करेला र बोडी फलिरहेका छन् । उहाँलाई उत्पादन भएपनि उचित बजार पाउन नसकेको प्रति भने चिन्ता छ । ‘उत्पादन त भएको छ तर पनि उचित बजार भाउ पाएको छैन् यस्तो अवस्थाले व्यवसायीलाई हतोत्सायी पारेको छ’, उहाँले भन्नुभयो । नारायणगढको तरकारी बजारमा किसानको भेट व्यापारीसँग हुन नपाउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामीले उत्पादन गर्छांै, बजारमा हाम्रो तरकारीलाई दलालले आफ्नो भन्दै कमिसन खान्छ ।’ किसानको खेतमा उत्पादन बढी भएको बेला भारतबाट तरकारी ल्याएर मूल्य घटाउने काम हुने गरेकोे उहाँको गुनासो छ । यता बजारमा गुणस्तरका बीउसमेत नपाइँदा किसानहरु ठगिने गरेको उहाँको भनाइ छ । पौडेलले भन्नुभयो, ‘किसाले गुणस्तरका बीउ पाउन सकेका छैनन्, यसको उचित व्यवस्था हुनु पर्दछ ।’ किसान भन्दैमा फोहोरी हुनुपर्ने, सधै धूलोमात्रमा खेल्ने भन्ने नहुने उहाँको भनाइ छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी