भरतपुर । चितवन उद्योग सङ्घले लगातार भइरहेको बन्दले उद्योग व्यवसाय धरासायी भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
संघका अध्यक्ष कृष्णप्रसाद अधिकारीद्वारा जारी एक विज्ञप्तिमा बन्दका कारण पोल्ट्री, कृषि, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित भएको उल्लेख गर्दै बन्दका कारण कच्चा पदार्थको अभावमा प्रशासनिकलगायत अन्य खर्च व्यवस्थापन गर्न समस्या भएको जनाइएको छ ।
विज्ञप्तिमा बैंक तथा वित्तीय संस्था बन्द रहनुले दैनिक कारोवारसमेत ठप्प बनाएको भन्दै चिन्ता व्यक्त गरिएको हो ।
No comments:
Post a Comment
Thanx for your comment