भरतपुर । आदर्शगृह भरतपुरले नेदरल्याण्डकी सामाजिक कार्यकर्ता वडा भ्यान गार्लनलाई बुधबार एक कार्यक्रमका बीच सम्मान गर्दै मानार्थ सदस्यता प्रदान गरेको छ ।
गृहमा आयोजना गरिएको एक कार्यक्रमका बीच गृहलाई विभिन्न किसिमले सहयोग गरेको भन्दै सम्मान गरिएको हो । महिला विकास अधिकृत इन्दिरा श्रेष्ठ प्रमुख अतिथि रहनुभएको कार्यक्रम गृहकी संयोजक मीना खरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
केही दिनपछि नेदरल्याण्ड फर्किने गार्लनले आगामी सेप्टेम्बरपछि पुनः आदर्शगृहमा रहेर महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । गृहमा हाल विभिन्न क्षेत्रका १७ जना महिलाहरु रहँदै आएका छन् ।
घर तथा समाजबाट अपहेलित र हिंसामा परेका महिलाहरुलाई सीपमूलक तालिमका माध्यमबाट स्वरोजगार बनाउने अभियानमा लागेको गृहको हाकिमचोकमा आदर्श सिलाइ कटाइ तथा प्रशिक्षण केन्द्रसमेत सञ्चालन गरेको छ ।
कार्यक्रममा आदर्श नारी विकास केन्द्रकी अध्यक्ष सरिता केसी, सामुदायिक सेवा केन्द्रका सचिव प्रकाश कडरिया, गृहकी भीमकुमारी जिसीलगायतले बोल्नुभएको थियो ।
No comments:
Post a Comment
Thanx for your comment