काठमाडौं । विश्व वन्यजन्तु कोषले डब्लुडब्लुएफ इन्टरनेसनल प्रेसिडेन्ट अवार्डबाट नेपालका २८ वर्षीय पथप्रदर्शक तथा पर्वतारोही दावा स्टेभेन शेर्पा सम्मानित गरेको छ ।
प्रकृति र वातावरणको संरक्षण कार्यमा महत्वपूर्ण योगदान पु¥याउने ३० वर्षमुनिका व्यक्तित्वलाई दिइने सो सम्मान डब्लुडब्लुएफले पहिलोपल्ट प्रदान गरेको हो । शेर्पा सो सम्मान पाउने विश्वकै पहिलो व्यक्तित्व हुनुहुन्छ ।
डब्लुडब्लुएफ नेपालको जलवायु दूत भई सन् २०१० मा शेर्पाले जलवायु परिवर्तनबाट हिमालय क्षेत्रमा परिरहेको नकारात्मक असरका बारेमा १० वटा युरोपेली सहरमा पदयात्रा गरी ध्यानाकर्षण गराउनु भएको थियो । हालै उहाँले कीर्तिमानी आरोही आपा शेर्पासँगै द ग्रेट हिमालय ट्रेलको पदयात्रा अभियान प्रारम्भ गरी हिमालको संरक्षणमा जनचेतना जगाउने कार्य गर्नुभएको थियो ।
उहाँले इको एभरेस्ट एक्सपिडिसन अभियान सन् २००८ देखि प्रारम्भ गरी प्रत्येक वर्ष सगरमाथा सरसफाइ कार्यक्रममा सहभागी हुँदै आउनुभएको र हालसम्म १५ हजार किलो फोहर सङ्कलन गरी सकेको बताइएको छ ।
दुईपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी सक्नुभएका शेर्पाले आठ हजार मिटरका अन्य चार हिमालको आरोहण गरी सक्नुभएको छ ।
No comments:
Post a Comment
Thanx for your comment