Friday, May 25, 2012

चितवनमा मेरो भ्यालेन्टाईन


काठमाण्डौ, ज्येष्ठ १२-बैशाख २१ गते देखि काठमाण्डूको विभिन्न लोकेशनमा सुटिङ भईरहेको मेरो भ्यालेन्टाईन युनिट दश दिनका लागि बिहिबार राति चितवन पुगेको छ । सुरज सुब्बाको निर्देशनमा तीब्र गतिमा फ्लोरमा रहको सो फिल्मको हाल सम्म ७५ प्रतिशत सुटिङ सकिएको छ ।

'२५ प्रतिशत फिल्म खिच्न बाँकी छ त्यसमाथि दुई वटा गितको लोकेशन सहित केही सिनका लागि चितवन डिमान्ड भएकाले यता आएका हौँ',  निर्देशक सुब्बाले फोनबाट कुरा गर्दै भने । फिल्मको सौराहा स्थित २० हजारे तालमा शुक्रबार बिहानै देखि सुटिङ सुरु गरिने उनले बताए । राजनीतिक अस्थिरताका कारण बन्दको मारमा दुई दिन सुटिङ ब्रेक गरिएको सो फिल्मलाई एक दशक देखि सक्रिय रहेको प्रोष्टप्रोडक्सन कम्पनी सफ्ट ईमेजको ब्यानरबाट पहिलो पटक निर्माण गरिएको  हो । जसका निर्माता सुशिल श्रेष्ठ हुन् ।

मेरो भ्यालेन्टाईन चार जना साथीहरुको कथामा केन्द्रित रहेको बताईएको छ । जहाँ  निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्रप्रताप शाह तथा नयाँ हिरोईन सुस्मिता ढकाल लिड रोलमा छिन्। 'काठमाण्डौ हुँदा विभिन्न बन्दको बाबजुत पनि अत्यन्त सहज ढंगमा काम गरेका थियौ त्यसैले अबको दश दिन सम्म यहाँ पनि कुनै अबरोध भएन फिल्म प्याकअप गरेर काठमाण्डौँ फर्किहाल्छौं', नाल्बोले भने ।  काठमाण्डू फर्किए लगत्तै नाल्बो सिंगापुरको प्रोजेक्ट 'प्रमिस' का लागि ब्यस्त हुने छन् जुन फिल्मको पनि सुटिङ सकिए लगत्तै उनले एकै साथ मेरो भ्यालेन्टाईन र प्रमिसको प्रोष्टप्रोडक्सन कार्यलाई अगाडी बढाउने छन् ।

फिल्मीखबर डट कम

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी