Monday, May 7, 2012

मुखले लेखपढ गर्ने किशोरलाई सहयोग

चितवन । पूर्वी चितवनको भद्रकाली माध्यमिक विद्यालय पिठुवामा कक्षा–६ मा अध्यनरत हातखुट्टा अशक्त भई मुखको साहाराले लेख्ने १५ वर्षीय भरत गुरुङलाई लायन्स क्लब अफ चितवन वागेश्वरीले सोमबार ह्विलचियर प्रदान गरेको छ ।
जन्मदैदेखि हात र खुट्टाले काम नगर्ने अवस्थामा रहेपनि मुखले कलम च्यापेर अध्यनरत उनीबारे सञ्चारमाध्यममा समाचार आएपछि लायन्स क्लबले सहयोग प्रदान गरेको हो । हात र खुट्टा दुबैले काम नगर्ने उनी हिँडडुल गर्न सक्दैनन् ।
विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी लायन्स क्लब अफ वागेश्वरीले ह्विलचियर प्रदान गरेको हो । लायन्स क्लबबाट ह्विलचियर पाएपछि गुरुङले खुसी व्यक्त गर्दै आफूमा उच्च शिक्षासमेत अध्ययन गर्ने इच्छा रहेकोले सहयोगका लागि आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ इन्टरनेश्नल डिस्ट्रक्ट ३२५ ‘बी’ नेपालका गभर्नर राजकुमार श्रेष्ठले मुखले कलम च्यापेर अध्ययन गर्ने भरतले संसारमा नेपालको नाम चिनाउन सक्ने बताउँदै उनको उच्च शिक्षा अध्ययनमा जटिलता रहे लायन्सले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लायन्स क्लब अफ चितवन वागेश्वरीका अध्यक्ष प्रविन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा लायन्सका डिस्ट्रिक्ट एडभाइजर रामप्रसाद भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अर्याल, प्रधानाध्यापक रामचन्द्र घिमिरेलगायतले मन्तव्य राख्नुभएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी