Sunday, May 27, 2012

राशलीलामा बित्यो कतिपय सभासद्को चार वर्ष


सभासद्हरुको तोकिएको खास दायित्व जनताको अभिमतअनुसारको गणतान्त्रिक संविधान जारी गर्नका लागि योगदान गर्नु थियो । कतिपय विवादित विषयमा जनताको घरदैलोमा पुगेर राय लिनु पर्ने थियो । त्यसै उद्देश्यका लागि राज्यबाट मासिक ४० हजारको हाराहारीमा भत्ता लिने सुविधाहरुको चार वर्ष यसरी बित्यो कि-झट्ट सुन्दा कतिपयलाई पत्याउन समेत मुस्किल पर्छ ।

हुन त यौन चाहना प्रकृति प्रदत्त मानवीय गुण नै हो । सभासदहरुले आफ्नो मूल कर्तव्य बेलैमा पूरा गरेर जतिसुकै मोजमस्ती गरेका भए पनि आम सरोकारको विषय बन्दैनथ्यो होला । मधेसी मोर्चासहितका चार ठूला दलका नेताहरुले संविधानसभालाई बेकम्मा बनाउादा समेत मूकदर्शक बनिरहने संविधानसभा भित्रका केही सभासदहरु मोजमस्तीमा यति व्यस्त रहे कि उनीहरुलाई संविधानसभाको मुल मुद्दा र आफ्नो कर्तव्यका बारेमा जानकारी राख्ने र छलफलमा जुट्ने फुर्सद नै भएन ।

माओवादी सभासद नीरु दर्लामी यसको उदाहारण हुन् । उनले दर्जन बढी पुरुष सभासदहरुसँग उनको ओछ्यान साझेदारी गर्नेसम्मको हिमचिम रहेको कुरा माओवादी निकट व्यक्तिहरु नै बताउाँन् । ‘उनले त महाभारतकालीन द्रौपदीलाई पनि माथ गरिन् ।’ स्रोत बताउाछ ।

दर्लामी त उदाहारण मात्रै हुन् । स्रोतका अनुसार दर्लामीजस्ताहरु माओवादीमा दर्जन जति छन् । पुरुषहरुको संख्या त झनै दुई दर्जन बढी छ । माओवादी नेतृत्वले जनयुद्धकालदेखि नै रोमान्सलाई छुट दिएको र शान्ति प्रकृया सुरु भएदेखि नै सामुहिक बासलाई प्रोत्साहन गरेकाले पनि उनीहरुमा बहुस्त्रीगामी वा बहुपुरुषगामी चरित्र झाँगिएको बताइन्छ । ‘बिहे नगरी लिभिङ टु गेदरको रुपमा बस्नु र बेड पार्टनर फेरि रहनु उनीहरुका लागि सामान्य कुरा भएको छ ।’ एकजना सभासद्ले भने, ‘पार्टीभित्र अन्तरविरोध बढ्ने गुह्य कारण यो पनि हो ।’

लिभिङ टु गेदरको रुपमा बस्नेमा माओवादी उपाध्यक्ष तथा हालका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोख्रेल उदहारण हुन् । नारायणकाजीले कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यकी भतिजीलाई रुम पार्टनर बनाएका बनाएका छन् भने पोख्रलले यसअघि नै लिभिङ टु गेदरको रुपमा बस्ने गरेको कुरा सन्चारमाध्यममै स्वीकारिसकेका छन् ।

तेह्रथुमबाट प्रतिनिधित्व गर्ने कांग्रेसकी समानुपातिक सभासद सीता गुरुङ पनि विगत चार वर्षमा निकै चर्चित रहिन् । उनको हिमचिम स्त्रीसाथी फेरिरहन मन पराउने मिनेन्द्र रिजालसँग भएको र दर्जन बढी पटक डेटिङ गएको बताइन्छ । सीतासँग मिनेन्द्र लहसिएपछि पूर्वप्रेमिका रहेकी अर्की सभासद् डीना उपाध्याय भने उनीसँग मुर्मरिएकी छिन् ।

यो अवधिमा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव र रापंस हुँदै मधेसवादी हुन पुगेकी सप्तरी दक्षिणकी रेणु यादवबीचको प्रेमालाप पनि निकै चर्चित रह्यो । जिल्लामा जाँदा हरेकचोटि रेणुलाई काखी च्यापेको, श्रीमती छोराछोरी हुँदाहुँदै रेणुका नाममा सम्पत्ति जोडेको, पार्टी निर्णयमा पनि रेणुकै कुरा सुनेको लगायतका आरोप उपेन्द्र माथि बारम्बार लागिरह्यो । पार्टी फुट्नुमा पनि उपेन्द्रको रेणुप्रतिको आशक्ति प्रमुख कारण भएको बताउने जानकारहरु थुप्रै छन् ।

 एमाले अखिलको कार्यकर्ता हुादै राप्रपा नेपालको सभासद हुन पुगेकी दैलेखकी कुन्ती शाहीले पनि विगतका चारवर्ष मोजमस्तीमा विताइन् । पेशाले अधिवक्ता रहेकी अविवाहित शाहीको रात पुरानोबानेश्वरस्थित डेरामा भन्दा अन्यत्रै बित्ने गरेको थियो ।

यो अवधिमा उदयपुरकी लक्ष्मी परियारले पनि रोमान्समा राम्रै चर्चा कमाइन् । कांग्रेसको प्रतिनिधित्व गर्ने दुई सन्तानकी आमा लक्ष्मीको सभासद् भएवापत् पाउने मासिक ४० हजारबाहेक अर्को आयस्रोत नभए पनि उनले काठमाडौंमा यसै अवधिमा घर जोड्न भ्याइसकेकी छिन् । खोजी लागे यस्ता अरु थुप्रै उदहारण भेटिने स्रोत बताउँछ

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी