Sunday, May 27, 2012

मेरी आमा कालोमोसो र चप्पलको माला तयार पारेर वसेकी छन्


विधुर ढकाल

हुने हार दैव नटार आँखिरमा त्यही भयो जे नहुनु थियो त्यही भयो । नेपाली जनताले २०६५ साल चैत्रमा जुन उत्साह र उमङ्गका साथ चुनावमा भाग लिएका थियो त्यो उमङ्ग २०६९ साल जेठ १४ गते अबेर राति सम्म पनि कायम थियो तर त्यो उमङ्गलाई उत्साह र विजयोत्सवको रुपमा अविरजात्रा गरेर मनाउन पाएनन् । हामीले चाहेका थियो गणतन्त्र दिवसमा नयाँ संविधानका साथमा यो नुतुन विहानीमा एउटा नविन किरणको झुल्को नेपालीको घरघरमा पुग्ने छ तर त्यो उमङ्ग त्यो उल्लासले २०६९ साल जेठ १५ देख्न नै पाएन् ।
१५ गते सोमबार एकाविहानै अलि अल्छि गरेर उठेको थिएँ म एक जना वच्चाले आफ्नी आमालाई सोध्दै थियो आमा यो संविधान भनेको के हो रु आमाले जवाफ दिइन् कानुनको किताव हो बाबु । कानुनको किताव पनि किन नआएको त आमा रु वच्चाको फेरी प्रश्न थियो । आमाले भनिन् लेख्न जानेनन् रे बाबु । कस्तो लेख्न नजानेका मैले त जानेको छु नी है आमा वच्चाले पुन आमालाई भन्यो आमाले भनिन् हो मेरो बाबुले जानेको छ तर तिनीहरुले जानेनन् ।
यो संवाद सुनेपछि मनमनै गुने त्यो अवोध चार वर्षको वालक सायद संविधानसभाको निर्वाचनमा उसकी आमाले भोट हाल्न जाँदा उ आमाको गर्भमा थियो होला । उसकी आमा आफ्नो दूई जीउलाई लिएर आफ्नो भविष्यको खाँतिर पनि भनौ वा आफ्नो वालकको सुन्दर भविष्यका निम्ति चैतको टन्टलापुर घाममा पनि दुःख कष्ट केही नभनी एक मत दिएकी थिइनहोला । जसलाई दिए पनि उनलाई लागेको थियो होला यसले नै नेपाली जनताको भाग्य रेखा कोर्न सक्छ भनेर तर कस्तो विडम्वना उनको भाग्य रेखा कहाँ पुग्यो थाह भएन तर उनले कैयाँै दुःख गरेर सरकारलाई तिरेको करको दुरुपयोग भने अवस्य नै भयो ।
नेपाली जनताले संविधानसभाको निर्वाचन मार्फत ६०१ जनालाई करारमा कामदारको रुपमा नियुक्त गरेका थिए तर उनीहरुले नेपाली जनताले दिएको म्यण्डेट अनुरुप भने काम गर्न सकेनन् नै जनताको ढुकुटीलाई रित्याउने काम मात्र गरे । सायद यो अवस्थाको कल्पना गरेका थिएनन् नेपाली जनताले र गर्नु पनि त  ठिक थिएन् । कसैले पनि सपना आफ्नो अनिष्ट भएको देख्न चाहन्छ र रु नेपाली जनताले पनि त्यही गरे । धेरै विषयलाई सल्टाउनुपर्ने भन्दै कामदारले काम नसकिएको बताएपछि दूई वर्षको करारमा नियुक्त गरेका ६०१ कामदारको म्याद एक वर्षको निम्ति थप्न तयार भए नेपाली जनता । त्यसले पनि पुगेन फेरी ६ महिना थपियो । त्यसले पनि पुगेन् । हो धेरै गर्नुछ अझ ६ मैना थपिदिँउ अन्तिम पटकका लागि भनेर पुन ६ मैना थपियो तर पनि भएन् । नेपालका नेताहरुले हरेका चमत्कार निर्णयहरु मध्ये रातमा गर्ने गरेको इतिहाँसलाई जेठ १४ मा पनि दोहो¥याउछन भन्ने आशामा बसेका नेपाली जनताहरु त्यतीखेर निरास बन्न पुग जव संविधान नवन्ने भन्दै दलका नेताहरु विकल्पको बाटो खोज्न थाले ।
नेपाली जनताको निरासाको सिमा चुलियो । यो अवस्थामा कहिल्लै टिभी नहेर्नेले पनि टिभी हेरे रेडियो नसुन्नेले पनि सुने तर कस्तो विडम्वना आफ्नो सुन्दर भविष्यको कल्पना गर्दै रेडियो सुनिरहेका र टिभी हेर्न वसेकाहरु निरासाको वादलममा  आफ्ना सपनाहरुलाई विलिन भएको हेर्न बाध्य भए ।
संविधानसभाका अध्यक्षको चाल पनि हेर्नुलायक देखियो हिजो संविधान जारी गर्न उनको पनि पहल थियो । हुनुपथ्र्यौ तर त्यसो भएन् । अन्तिम समयमा आएर विदामा बस्ने निर्णय गरे उनले । संविधान निमार्णका लागि भन्दै पुरानो प्रतिनीधि सभाको भवन सानो भयो भन्दै सुन्दरी लाई नचाउने थलोलाई संविधानसभाका रुपमा प्रयोग गरिएको अन्तराष्टिय सम्मेलन केन्द्र्रको सेतो घर यतिखेर नेपाली जनतालई रिणको बोझ बन्न पुग्यो । सायद नेपाली जनताले यो घरलाई भविष्मा कुनै मन्दिरको रुपमा मान्ने थिए होलान् यसले संविधान दिन नसकेको भए । तर त्यस्तो हुन सकेन् । मलाई याद छ देशमा २०६२÷०६३ को जनआन्दोलन ताका एउटका कविता ज्यादै चर्चामा थियो ‘सेतो हात्ति’ राजतन्त्रलाई सेतो हात्तिका रुपमा विम्वित गर्दै लेखिएको कविता यतिखेर मलाई लागिरहेछ यो भवनका लागि सुवाउने भएको छ ।
यो सेतो हात्ति नेपालको लागि सुवाउँदो भएन । जनताको रगत चुस्यो भनेर नेपाली जनताले आफ्नो रगतको भेलले बगाएका थिए राजतन्त्रलाई र गणतन्त्रको जग बसालेका थिए र ६०१ जना कामदारलाई पठाएका थिए जग अनुरुपको घरको आकार देउ भनेर । नेपाली जनतााले डिजाइन गरेको नक्सा अनुरुपको घर बनाउन भनेर पठाएका थिए । तर आजा यो क्षणमा नेपाली जनताले न त आँफूले चाहे अनुरुपको घर नै पाए  नत आफ्नो लगानी नै सुनिस्चित भएको हेर्न पाए ।
रातिसम्म कुरेर बसेका नेपालीले अर्को नाटक मञ्चन भएको हेर्न पाए वानेस्वरको रङ्गमञ्चमा । हरेक पटक नाटक मञ्चन गर्ने थलोको रुपमा विकास भएको वानेस्वरको सेतो घरमा जनताले ठानेका थिए आँफूले चुनेर पठाएका सभासद्ले संविधानको धार भाग र अनुसुचिहरुमा दफावार छलफल गर्दै होलान । तिनिहरुलाई सुरक्षा दिने भन्दै निषेधित क्षेत्र घोषणा गरिएको क्षेत्रभित्र वसेको नेताहरुले कानुन त वनाएनन् बनाएनन् भएको कानुनको पनि धज्जि उडाउने काम गरे नारावाजी गरेर । उनीहरुले संविधानसभाकी उपाध्यक्ष पुर्णाकुमारी सुवेदीलाई घेरामा राखेर दवाव दिए । तर यो चार वर्षसम्म उनीहरुले के गरेका थिए रु संविधान निमार्णका लागि गएका उनीहरुलाई संविधान निमार्ण भन्दा पनि विदेश डौडाहामा नै जान ठिक्क भो । रातो पासपोर्ट बेच्न मा नै ठिक्क भो । उनीहरुलाई सत्ताको लुछाचुडि को हिस्सा बन्न नै ठिक्क भो । संविधान जारि हुने दिन नारावाजी गर्न सक्नेले दुई वर्ष अगाडि  यसरी दलका नेताका विरुद्ध नारावाजी किन गर्न सकेनन् । तिनै दलहरुले संविधानसभाको म्याद थपौँ भनि ल्याएको प्रस्तावमा मौन रुपले तालि पिटेर समर्थन गर्न मा नै विताए ।
एकपटक चुनेर पठाएका नेपाली जनताले अब फेरी पनि चुनावमा भाग लिन पाउने भए । पहिले सुनेका थियौँ हामीले इतिहासमा एकपटक प्राप्त गर्ने अवसर हो संविधान सभाको चुनाव तर हामी कति भाग्यामानी है । दूईपटक पायौँ त्यो पनि झण्डै साडे चार वर्षको अन्तरालमा । मंसिर ७ गतेलाई पुन संविधानसभाको निर्वाचनको मिति तोकियो । अव यहाँ नेपाली जनताले प्रश्न गर्दै छन् यो चुनावमा को उठ्न पाउने । यो चुनावमा कसलाई जिताउने । निर्वाचन आयोगले पनि यो आचारसंहिता बनाउन सक्नुपर्दछ । यसपटकको संविधानसभाको चुनावमा जितेर नेपलीलाई संविधान दिननसक्ने हरु अवको चुनावमा उठ्न पाउने छैनन् । होइन भने त फेरी पनि तिनै जाने हुन् । यीनीहरुले बनाउन नसकेका हुन् अव नयाँ अनुहार युवा जोस जानुपर्छ नेपालीले जनताले यसको मुल्याङ्कन आफ्नो ठाँउबाट भने अवस्य गर्ने छन् ।
नेपाली जनताको करले खडा भएको राज्य ढुकुटिबाट वैधानीक तवरले लुटिएको धन अब फिर्ता गराउनुपर्ने बेला आएको छ । नेपालीको ९ अर्व रुपैयाँको हिसावकिताब लिने दिन अव आएको छ । भनिन्छ पदमा रहेर पदिय जिम्मेवारी बहन गर्न नसक्नु भष्ट्राचार हो र भष्ट्राचार गर्ने भष्ट्राचारी हुन् । उनीहरुलाई कारवाही गरिनुपर्दछ । यो कानुनी मान्यता पनि हो । यही कानुनी मान्यतामा टेकेर अव राजनीतिक दल र तिनका नेतालाई पनि भ्रष्टाचारको अभियोगमा कारवाही गरिनुपर्दछ । र राज्यकोषबाट बैधानीक तवरले लुटिएको सम्पति फिर्ता गराइनुपर्द छ ।
संविधान निमार्णका लागि भनेर गएका नेताहरु फेरी गाँउ कसरी पस्नेछन् यही उत्सुकताको विषय बनेको छ । कुन मुख लिएर जाने हुन हेर्न त बाँकि नै छ तै पनि यति भन्दै गर्दा अलिकति पनि नैतिकता छ ति दलका नेताहरुमा भने उनीहरुले विना काम लिएको चार वर्षको तलव भत्ता राज्यकोषमा फिर्ता गरिनुपर्दछ । होइन भने नेपाली जनताले आँफै नै हिसाव किताव गर्नेछन् । ति वूढी आमा र बाहरु हिसाव किताव गर्न नजान्ने भए पनि उनीहरुले आफ्ना सन्ततीहरुलाई हिसावकिताव गर्न जान्ने बनाएका भने अवस्य छन् । ति सहिदका सन्ततीहरु ले अवस्य पनि हिसाव किताव खोज्ने छ ।
सुन्दर सपना बोकेर सहिदको कोटिमा लामवद्ध नेपाली आमाका सपुत हरुको मन यति वेला कति रोएको होला यो सोचेका छन् की छैनन् ति नेताहरुले । यो सोचेका छैनन् भने ति सहिदका रगतले सराप्ने छ । बुढेसकालको साहराको लाठि गुमाएका वृद्धवृद्धाहरुलाई के जवाफ दिन सक्छन् तिनीहरुले हेर्न बाँकी छ । नेपाली जनतालाई चार वर्ष सम्म गुमराहमा राखेर मिलिजुली राज गर्नेहरुले अव भने सोच्नै पर्छ अव हाम्रा दिन गए भनेर । के नेपाली जनताले तिनीहरुलाई गाँउमा पस्दा फूलमाला र अविर जात्रा गरेर स्वागत गर्नेछन् रु अव मेरी वूढी आमा भोट माग्न आउनेलाई कालो मोसो दलेर जुत्ताको माला लगाँउन तयार भएर बसेकी छन् । भन्दै थिइन उनले भोट हालेर के हुन्छ भर मैले नै उनलाई भनेको थिए । आमा तिमीले एक भोट हालेर राम्रो मान्छ चुन्नुछ । उनले पनि भोट हालेकी थिइन् । आज उनी आफ्ना चुटेका चप्पललाई तयारी अवस्थामा राखेकी छन् माला बनाएर । कालो ताप्केको पिँदमा घीउ लगाएर मोसो पनि तयार पारेकी छिन् । र भन्दै छिन् ल त को आँउछ अब मसँग भोट माग्न् ।

1 comment:

  1. अव सभासद्हरुलाई भ्रष्टाचारको अभियोगमा मुद्दा चलाउनुपर्छ

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी