Wednesday, May 16, 2012

आज बन्दकर्ता प्रदर्शनमा नउत्रिने

भरतपुर । विभिन्न जातीय संगठनहरुले आयोजना गर्ने भनेको नेपालबन्दका क्रममा चितवनको सद्भाव खल्बलिन नदिन बन्दकर्ताहरु सडकमा प्रदर्शनमा नउत्रिने भएका छन् । बुधबार राति सम्पन्न सर्वपक्षीय छलफलले यस्तो सहमति गरेको हो । दुबै पक्षका बन्दकर्ताहरु सडकमा निस्किएर प्रदर्शन गर्दा हुनसक्ने अप्रिय घटनालाई मध्यनजर गर्दै यस्तो सहमति भएको संयुक्त थारु संघर्ष समितिका सदस्य विश्वनाथ थारुले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हुन सक्ने सम्भावित झडपलाई रोक्नका निम्ति यो निर्णय गरिएको हो, बन्द यथावत छ, जसले बन्दको अवज्ञा गर्दछ, त्यो नै स्वयम् जिम्मेवार रहने छ ।’ उहाँले सम्पूर्ण समर्थकहरुलाई समेत बाहिर लाठी तथा हतियार लिएर ननिस्कन आग्रह गर्नुभयो । त्यस्तै बन्दमा जातीय सद्भावका लागि संयुक्त संघर्ष समिति चितवनका सचिव काशीनाथ गिरीले बन्द यथावत रहेपनि बन्दको स्वरुप परिवर्तन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी जातीय सद्भाव चाहन्छौँ त्यसैले पनि हामी सबैले घरघरमा बसेर नै बन्दलाई सफल पार्ने छाँै ।’ यता, बन्दका क्रममा अवाञ्छित गतिविधि गर्ने तथा लाठी र घातक हतियारसहित हिँड्ने जो कसैलाई पनि प्रशासनले नियन्त्रणमा लिने प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताउनुभयो । आज बिहीबार थारु संयुक्त संघर्ष समितिले गर्दै आएको तराई बन्दलाई निरन्तरता दिने बताएको थियो भने जातीय सद्भाव संयुक्त संघर्ष समितिले पनि नेपाल बन्दको आह्वान गरेको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी