भरतपुर । संस्थागत विद्यालयमा भएको शुल्कवृद्धिको विरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी संघर्ष समिति र विद्यालय संचालकहरु बीच भएको वार्ता शुक्रबार विनानिष्कर्ष सकिएको छ । वार्तामा दुबै पक्षले आ—आफ्नो अडान नछाडेपछि वार्ता विनानिष्कर्ष टुङ्गिएको हो ।
वार्तामा सहभागी नेविसंघ चितवनका अध्यक्ष उत्तम जोशीका अनुसार विद्यालय संचालकहरु वृद्धि गरिएको शुल्कमा पुनर्विचार गर्न नसक्ने अडान लिएका कारण सहमति हुन नसकेको हो । उहाँले भन्नुभयो, ‘विद्यालय संचालकहरुले कुनैपनि हालतमा शुल्कमा पुनर्विचार गर्न नसक्ने कारणसहित अडान पेस गर्नुभयो, हामीले पनि हाम्रो तर्फबाट उपायसहित शुल्कमा पुनर्विचार गरिनुपर्ने अडान राख्यौँ ।’
यसका अलावा विद्यार्थीले राखेका अन्य मागका बारेमा संचालकहरु सकारात्मक रहेको समेत जोशीले बताउनुभयो । सञ्चालकहरु १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, सहिद, जनआन्दोलनका घाइते अपाङ्गका छोराछोरीलाई निःशुल्क पढाउनुपर्ने, पूर्वाधार नपुगेका विद्यालयमा पूर्वाधारको व्यवस्था अविलम्ब गर्ने मागमा विद्यालयहरु सकारात्मक रहेको उहाँले चितवन पोष्टलाई जानकारी दिनुभयो ।

No comments:
Post a Comment
Thanx for your comment