Friday, May 4, 2012

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले लागूऔषधसहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ । उनीहरुलाई नारायणगढको हङ्कङ् बजारबाट हातमा प्लाष्टिकको झोला बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यसरी पक्राउ पर्नेमा भरतपुर–७ का २७ वर्षीय मीनबहादुर गुरुङ र पूmलबारी गाविस–३ का २२ वर्षीय बरुण गुरुङ रहेका छन् । उनीहरुबाट प्रहरीले ६४ एम्पुल डाइजेपाम, ३३ एम्पुल स्टागन, ६५ एम्पुल व्युप्रिनोर्फिन, ११२ एम्पुल फेनारगन र २६ थान सिरिन्ज बरामद गरेको प्रहरी नायव उपरीक्षक रवि पौडेलले जानकारी दिनुभयो ।
शंकाको आधारमा चेकजाँच गर्दा उनीहरुबाट सो परिमाणको लागूऔषध बरामद गरेको उहाँले बताउनुभयो । यसैबीच जिल्ला प्रहरी कार्यालय भरतपुरले नगरपालिकाका विभिन्न स्थानबाट अवैधरुपमा उत्पादन गरी बिक्रीका लागि राखिएको अवस्थामा अन्दाजी दुई हजार लिटर मदिरा बरामद गरेको जनाएको छ ।
यता, आफ्नो हत्या भएको भन्ने नक्कली एसएमएस पठाइ घरमा जानकारी गराउने एक जनालाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पार्वतीपुर–७ का निरोज सेढार्इंलाई जिल्ला प्रहरी कार्यालय भरतपुरबाट गएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा बुटवल वडा नं. ११ इँट्टाभट्टीस्थित न्यु ज्योति गेष्ट हाउसबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।
पौडेलले बुटवलबाट आफँैले प्रयोग गरिरहेको मोबाइलबाट बुबा तथा श्रीमतीलाई आफ्नो हत्या भएको एसएमएसबाट जानकारी दिएको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी