रामपुर । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर
चितवनले यस वर्षका लागि चार जातको मकै सिफारिसको प्रस्ताव गरेको छ ।
नार्कको २१ औं वार्षिकोत्सवको अवसरमा सोमबार यसरी प्रस्ताव गरिएको मकैको
बारेमा जानकारी गराइएको थियो ।
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा केशव बाबु कोईरालाले दिएको जानकारी अनुशार रामपुर वर्णशंकर–२, अरुण–३, अरुण–४ र कर्णली–२ जातको मकै सिफारीसका लागि राष्ट्रिय बिऊविजन उन्मोचन समितिमा प्रस्ताव गरिएको हो ।
उहाँले समितिले उपयुक्त ठह¥याए केही महिनाभित्रमा किसानकालागि सिफारीस हुने छ । यसअघि गत २०६५ सालमा मनकामना छ र सात जातको मकै सिफारीस गरिएको थियो । सिफारिसका लागि प्रक्रिया पुरा गरेर पठाइएको वरिष्ठ वैज्ञानकि चित्रबहादुर कँुवरले जानकारी दिनुभयो ।
उहाँले हालसम्म नेपालमा २३ जातको मकै सिफारीस भएको जानकारी दिनुभयो । एउटा जात मकै सिफारीस गर्न कम्तिमा पनि पाँच वर्ष अनुसन्धान गर्नुपर्ने उहाँहरूको भनाई छ । भातभन्दा बी पौष्टिक तत्व हुने र शरिरलाई पनि फाईदा दिने भएकाले मकैको परिकार उपयुक्त हुने वैज्ञानिकहरुले बताएका छन् ।

No comments:
Post a Comment
Thanx for your comment