Tuesday, May 15, 2012

सहमतिप्रति बैद्य पÔको आपत्ति

काठमाडौं । माओवादीको मोहन बैद्य ‘किरण’ पÔले ११ प्रदेश बनाउने दलहरुको सहमतिप्रति आपत्ति जनाएको छ । बैद्य पÔले दबाबमूलक आन्दोलनका कार्यक्रमको घोÈणा गरेको छ ।
उपाध्यÔ बैद्य र महासचिव रामबहादुर थापा ‘बादल’ले मंगलबार जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘स्थायी समितिको औपचारिक बैठक नै नबोलाई तथा हाम्रो विचार समूहलाई सहभागी नै नबनाई अध्यÔ प्रचण्ड र बाबुराम विचार समूहद्वारा स्थायी समितिको नाममा संविधानसँग सम्बन्धित विभिन्न विÈयमा निर्णय लिइएको र संविधानका विभिन्न विÈयहरुमा तीन दल वा चार पÔहरुकाबीच सहमति भएकोमा हाम्रो पूर्ण असहमति र गम्भीर आपत्ति रहेको छ ।’
बैद्य पÔले राज्य पुनःसंरचनासम्बन्धी विÈयगत समिति एवम् आयोगद्वारा प्रस्तुत सिद्धान्त र १४ प्रदेशको संरचना नै सही तथा वैज्ञानिक रहेको बताएको छ । विÈयगत समिति, राज्य पुनःसंरचना समिति र आयोगद्वारा प्रस्तुत प्रतिवेदनहरुलाई लत्याई संविधानसभाको गरिमा तथा जनादेशकोे अपमान गर्ने र जनताबीचको जातीय सद्भाव विथोल्ने गम्भीर कसरत भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
बैद्य पÔले जेठ ११ गतेदेखि १४ गतेसम्म काठमाडांैलगायत देशव्यापीरुपमा जनप्रदर्शन गर्ने घोÈणा गरेको छ । यस्तै आफ्नै पहलमा गठन गरिएको जनआन्दोलन संघर्È समितिसहित बृहत् मधेसी मोर्चा र आदिवासी–जनजाति संघर्È समितिले घोÈणा गरेको कार्यक्रमहरुप्रति समर्थन र ऐक्यबद्धता जनाएको छ ।
यस्तै आदिवासी जनजाति महासंघले पनि दलहरुबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ । दलहरुबीच भएको सहमति संघीयतामा जा“दै नजाने कपटपूर्ण प्रपञ्च भन्दै महासंघले भनेको छ, ‘प्रदेशहरुको नामांकन र सीमांकन अहिले नगरी पछि निर्णय गर्ने गरी संविधान बनाउन खोज्नु सरासर ठगी र घोर बेइमानी हो ।’


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी