पर्सा । जागीर नपाएको झोकमा पर्सामा एक
युवकले आत्महत्या गरेका छन् । जागीरका लागि सवै क्षेत्रमा धाउँदापनि जागिर
नपाएपछि महोत्तरीका २८ वर्षीय प्रवीण भट्टले गएराती कोठामै विषसेवन गरी
आत्महत्या गरेका हुन् ।
वीरगन्जको ठाकुरराम क्याम्पसको स्तानक तह
पहिलो वर्षमा अध्यनरत भट्ट हाल वीरगन्जको रानीघाटमा डेरा लिइ बस्दै आउका
थिए । साथी आशिष तिवारीसँग डेरामा बसेका भट्ट साथी तिवारी काममा गएका वेला
विषसेवन गरेर आत्महत्या गरेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालयका
प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले अनुसन्धानका लागि उनका साथी
तिवारीलाई पनि नियन्त्रणमा लिएको छ भने उनको शव पोस्टमार्टमका लागि
नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।
No comments:
Post a Comment
Thanx for your comment