Friday, June 8, 2012

ढुवानी भाडा चालीस प्रतिशतसम्म वृद्धि

बुटवल । ट्रक व्यवसायीले साधन अभाव भएको भन्दै एकलौटीरूपमा ढुवानी भाडा वृद्धि गरेका छन् ।
दुई साता लामो बन्द फिर्ता भएलगत्तै जेठ १५ गतेदेखि ट्रक धनीले आफूखुसी ३० देखि ४० प्रतिशत ढुवानी भाडा वृद्धि गरिएका हुन् । संस्थागतरूपमा व्यवसायी समितिले भाडा वृद्धि नगरे पनि मौन समर्थन भने गरेको छ ।
सामान ढुवानीका लागि ट्रक अभाव देखाइएको र सिन्डिकेटको नाममा आलोपालो प्रथा चलेकाले बाध्य भएर बढी भाडा तिरेको व्यवसायी बताउँछन् । ‘उत्पादित वस्तु उपभोक्तासमक्ष पु¥याउनुपर्छ, गोदाममा थन्क्याउनुभन्दा बाध्य भएर बढी भाडा तिरेका छौँ’, उद्योगी तथा सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष ऋषिकेश अग्रवालले भन्नुभयो ।
लामो बन्दको फाइदा उठाउँदै गाडी अभाव देखाएर एकाएक भाडा बढाइँदा पनि प्रशासन मौन रहेको गुनासो गर्दै अग्रवालले त्यसको प्रत्यक्ष असर सर्वसाधारण उपभोक्तामा पर्ने बताउनुभयो ।
पश्चिमाञ्चल ट्रक व्यवसायी समितिका कार्यालय प्रमुख बाबुराम अधिकारीले समितिले ढुवानी भाडा वृद्धि गर्ने कुनै निर्णय नगरेको र स्वतस्फूर्त ढुवानी भाडा बढ्दै गएको दाबी गर्नुभयो ।     लामो बन्दपछि सामान ढुवानीका लागि चाप बढेकाले साधन अभाव रहेको दाबी गर्दै व्यापारी स्वयम् आफ्नो सामान छिटो ढुवानीका लागि अस्वस्थ प्रतिस्पर्धा गर्दै बढी भाडा दिइरहेको उहाँले जिकिर गर्नुभयो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी