भरतपुर । नेपाली काँग्रेस चितवनको नयाँ कार्यसमितिका लागि भदौ १५ गते चुनाव हुने भएको छ ।
विकास कोइरालाको नेतृत्वमा रहेको कार्यसमिति विघटन भएपछि नयाँ नेतृत्वका लागि चुनाव गर्न मिति तोकिएको हो । काँग्रेस केन्द्रीय कार्यालय काठमाडौंमा निर्वाचन समितिका पदाधिकारी र काँग्रेस चितवनका तदर्थ समितिका सभापति टेकप्रसाद गुरुङ बीच भएको बैठकमा नयाँ मिति तय गरिएको हो ।
सभापति, सचिव, कोषाध्यक्ष र क्षेत्रबाट १ महिलासहित ४ जनाका दरले २० जना जिल्ला सदस्यमा चुनाव हुन लागेको हो ।
एक अध्यक्षका लागि नौ जना उम्मेदवारको नाम चर्चामा छ भने निर्विरोध समिति गठन गर्नका लागि पनि शेषनाथ अधिकारीको अध्यक्षतामा समिति गठन भइ पहल भइरहेको छ । तदर्थ समितिका सभापति गुरूङले काठमाडौंमा भएको बैठकले निर्वाचनका कार्यक्रम तय गरेको जानकारी दिनुभयो । गुरुङ आइतबारमात्रै काठमाडौं जानुभएकोे हो ।

No comments:
Post a Comment
Thanx for your comment