Tuesday, August 7, 2012

भरतपुरबाट दूरसञ्चार सेवा लिने साढे दुई लाख

गत वर्ष बीस करोड बढी राजस्व संकलन     

विधुर ढकाल

भरतपुर । नेपाल दूरसञ्चार कार्यालय भरतपुरमा गत आर्थिक वर्षमा २६ हजार १५१ सेवाग्राही बढेका छन् । कार्यालयका प्रमुख बुद्धकृष्ण मानन्धरका अनुसार योसँगै सेवाग्राहीको संख्या दुई लाख ४२ हजार ५३० पुगेको छ । आर्थिक वर्ष २०६७÷०६८ मा यो संख्या दुई लाख १६ हजार ३७९ रहेको थियो ।
गत वर्ष आर्थिक वर्षमा कार्यालयले २२ हजार १९४ वटा जीएसएम प्रीपेड सिमकार्ड वितरण गरेको जनाएको छ । सोही अवधिमा एक हजार ६३४ वटा पोस्पेड सिमकार्ड वितरण गरिएको कार्यालय प्रमुख मानन्धरले जानकारी दिनुभयो । योसँगै दुई लाख ९१ हजार १० जीएसएम क्षमता भएको कार्यालयको एक लाख ९९ हजार ८७४ जीएसएम सिम प्रयोगकर्ता पुगेका छन् ।
‘सेवालाई प्रभावकारी बनाउनका लागि उक्त वर्ष १८ वटा बीटीएस (बेस ट्रान्सरिसिभर) थप गरेका छाँै’, उहाँले भन्नुभयो । आर्थिक वर्ष २०६७÷०६८ सम्ममा कार्यालयले ७१ वटा बीटीएस जडान गरेको थियो । कार्यालयको तथ्याङ्कमा यो उक्त आर्थिक वर्षमा फिक्सड पोस्पेडेड सीडीएमए कुनैपनि ग्राहकले नलिएको उल्लेख छ ।
गत आर्थिक वर्षमा एक हजार १४३ सीडीएमए सेवाका ग्राहक थपिएका छन् । योसगँै सीडीएमए प्रयोग गर्नेको संख्या २३ हजार १७३ पुगेको छ । कार्यालयले १८ वटा सीडीएमए बीटीएस जडान गरेको छ ।
त्यस्तै कार्यालयले एक हजार १८० वटा पीएसटीएन लाइन बिस्तार गरेको उहाँले बताउनुभयो । योसँगै २० हजार ७४६ लाइन क्षमता भएको कार्यालयको पीएसटीएन ग्राहक संख्या १९ हजार ४८३ पुगेको छ । सोही आर्थिक वर्षमा दुई हजार ८३५ जना ग्राहकले एडीएसएल सेवा जडान गरेको समेत मानन्धरले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०६७÷०६८ सम्ममा जम्मा दुई हजार ९२१ जना ग्राहकले यो सेवा लिएको उहाँले बताउनुभयो । कार्यालयसँग चार हजार ८८८ एडीएसएलको क्षमता रहेको छ । सोही आर्थिक वर्षमा ३२७ एडीएसएल लाइन काटिएको कार्यालय प्रमुख मानन्धरले जानकारी दिनुभयो ।
यसैबीच कार्यालयले गत आर्थिक वर्ष २०६८÷०६९ मा करिब २० करोड १४ लाख राजस्व संकलन गरेको छ । त्यस्तै कार्यालयको गैँडाकोट काउण्टरबाट करिब ५० लाख राजस्व संकलन भएको कार्यालयको राजस्व शाखाले जनाएको छ ।
गत आर्थिक वर्षमा कार्यालयले सबैभन्दा बढी पीएसटीएन लाइनबाट १५ करोड ५८ लाख ७० हजार ७७८ रुपैयाँ १९ पैसा राजस्व संकलन गरेको शाखाका प्रमुख कविराज लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले जीएसएम सेवाबाट तीन करोड ८१ लाख ८३ हजार १४३ रुपैयाँ संकलन गरेको छ । उक्त राजस्वमा बैँकबाट तिरिएको टेलिफोन महसुल तथा रिचार्ज बिक्रीको रकम समावेश नगरेको उहाँले बताउनुभयो ।
त्यस्तै धरौटीवापत सेवाग्राहीबाट ३३ लाख ३० हजार ६५० रुपैयाँ उठाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । भरतपुरमा रहेको कार्यालयले भरतपुरसँगै मुग्लिन, गीतानगर, रामपुर र नवलपरासीको गँैडाकोटमा सेवा दिँदै आएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी