भरतपुर । चितवनमा पहिलोपटक यहाँका नदीहरुमा आएको बाढीको अवस्था इन्टरनेटबाटै थाहा पाउन सकिने प्रविधि प्रयोगमा ल्याइएको छ ।
यसअघि मानिस गएर नदीमै वर्षा मापन हेरेपछि मात्रै बाढीको सतह र वर्षाको अवस्था थाहा पाउने गरिएकोमा अब घरमै बसेर बाढीको अवस्था थाहा पाउन सकिने भएको छ ।
यसका लागि जोसुकैले www.dhm.gov.np अथवा www.hydrology.gov.np लगअन गरेर चाहिएको नदीमा ‘क्लिक’ गरेर तथ्याङ्क लिन सकिने छ । ‘टेलिमेट्रिक सिस्टम’ अर्थात् ‘रियल टाइम डाटा’अन्तर्गत नेपालको जल तथा मौसम विज्ञान विभागले यस्तो आधुनिक प्रविधि भित्र्याएको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति चितवनका स्रोत व्यक्ति बलराम लुइँटेलले नेपालमै पहिलोपटक चितवनमा यो प्रविधिको थालनी गरिएको दावी गर्नुभयो ।
‘टेलिमेट्रिक सिष्टम’ कार्यालयकी प्रमुख विभूति पोख्रेलले यो प्रविधिबाट इन्टरनेट सुविधा पुगेको जुनसुकै कुनाबाट पनि यहाँका कुनै पनि नदीको वर्षा र बाढीको अवस्था थाहा पाउन सकिने जानकारी दिनुभयो ।
सो प्रविधिमा खतराको सङ्केत र उच्च खतराको सङ्केत समेत राखिएको र उच्च खतराका बेलामा कम्युटरमै साइरन समेत बज्ने भएकाले प्रभावकारी हुने उहाँले बताउनुभयो । यो प्रविधिमा व्यासिन मेसिन पानीको सतहमा राखिने र सो मेसिनमार्फत पानीको तह ‘डाटालगर’मार्फत सर्भरबाट बाहिर पठाउने गरिन्छ ।
प्रत्येक पाँच÷पाँच मिनेटमा तथ्याङ्क प्राप्त हुने हुनाले पूर्वसूचना सजिलै पाउने र समयमै सुरक्षित हुन आह्वान गर्न सकिने सहयोगी संस्था प्राक्टिकल एक्सनका बुद्धि कुमालले जानकारी दिनुभयो ।

No comments:
Post a Comment
Thanx for your comment