केशव अधिकारी
दुर्घटनाग्रस्त बसबाट घाइते, मृतक र उनीहरुको सामान
खोलाबाट बाहिर निकाल्दै उद्धारकार्यमा संलग्न जनपद
तथा सशस्त्र प्रहरी,
सेना र स्थानीय उद्धारटोली ।
|
धादिङ । पृथ्वीराजमार्गमा पर्ने धादिङ जिल्लाको भूमेस्थान
गाविसको वडा नम्बर ६ को कमेरेमा भएको बस दुर्घटनामा परी दुई महिलासहित १२
जनाको ज्यान गएको छ ।
बुटवलबाट काठमाडांैका लागि छुटेको लु १ ख ७०५१ नम्बरको बस मंगलबार बिहान ४ बजेतिर सडकबाट १५० मिटर तल महेशखोलामा खस्दा बसमा सवार यात्रुहरुमध्ये १० जनाको घटनास्थलमा र दुई जनाको उपचारका लागि काठमाडांै पु¥याएपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
सो दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् । जसमध्ये १६ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौं पठाइएको छ ।
सो दुर्घटनामा मृत्यु भएकाहरुमध्ये कोपुवा–४ कपिलबस्तुका वर्È २३ का बलिराम चौधरी, कोपुवा–८ कपिलबस्तुकै वर्ष ३४ का अवधकिशोर चौधरी (उपचारका क्रममा मृत्यु), रुद्रपुर–२ रुपेन्देहीका वर्È २२ का मोहन नगरकोटी, वर्È नखुलेका कपुवा–६, रुपन्देहीका राममिलन चौधरी, मानपकडी–४ रुपन्देहीका वर्È २९ फणिन्द्र सुवेदी, मानपकडी–४ रुपन्देहीका वर्È २४ का सुशीला घर्तीमगर, पोखरा कास्कीका वर्È २० का रञ्जन थापाको सनाखत भएको छ ।
त्यस्तै बुटवल–१५ रुपन्देहीका वर्È ३६ का शेरबहादुर थापा, ढिकुर–६ अर्घाखा“चीका वर्È १९ का केशव सारु (उपचारका क्रममा मृत्यु) र तम्घास–३ गुल्मीका वर्È ६० की पार्वती घर्तीमगरको सनाखत भएको छ । बाँकी दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको खबर आएलगत्तै घटनास्थल पुगेका स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राजमार्ग दुर्घटना उद्धारकर्मीको टोलीले १६ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि काठमाडांै पठाएको जनाएको छ ।
सडकबाट पल्टिएर महेशखोलामा डुबिरहेको बसलाई उद्धारकर्मीहरुले डोरीले बाँधेर धकेल्दै उठाएका थिए । बस उठाउनेक्रममा एक जनाको शव भेटिएको थियो । बस दुर्घटनामा ज्यान गएका १० जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ ।
साउन महिना लागेपछि धादिङ जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर यस अघि १७ जनाको ज्यान गइसकेको छ । धादिङ जिल्लाको राजमार्गखण्ड पछिल्लो समयमा दुर्घटनामार्गका रुपमा विकास हुँदै गएको छ ।
मंगलबार बिहान भएको दुर्घटनाको कारण खुल्न नसकेपनि चालक निदाएको कारण बस अनियन्त्रित भई सडकबाट पल्टिन गएको हुन सक्ने दुर्घटनास्थलमा भेटिएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव निरीक्षक गणेश रेग्मीले बताउनुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवादेखि पूर्व आउँदै गरेको ना ४ ख १४३ नम्बरको ट्रिपरले सोही दिशाबाट आउँदै गरेको बा १६ प ५१८६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट पश्चिम जाँदै गरेको राष्ट्रसङ्घको ६६–१–१७०९ नम्बरको गाडीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
उक्त घटनामा मोटरसाइकलमा यात्रारत भारत घर भई सुनसरीको इनरुवामा बस्दै आएका वृद्धमान जैन, विराटनगर– ३ निवासी ४५ वर्षीय विजयकुमार शर्मा तथा राष्ट्रसङ्घका गाडी चालक काठमाडौँ निवासी राधेश्याम थापाको घटनास्थलमा नै मृत्यु भएको हो ।
तीनवटा सवारीसाधन एकै स्थानमा जुध्दा राष्ट्रसङ्घको गाडीमा यात्रारत सिरहा कृष्णपुर–७ का २५ वर्षीय धिरेन्द्रकुमार यादव र सोही ठाउँका २५ वर्षीय रामनारायण साह गम्भीर घाइते भएका छन् ।
घाइतेमध्ये यादवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र साहको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारार्थ पु¥याइएको ट्राफिक प्रहरीले बताएको छ ।
बुटवलबाट काठमाडांैका लागि छुटेको लु १ ख ७०५१ नम्बरको बस मंगलबार बिहान ४ बजेतिर सडकबाट १५० मिटर तल महेशखोलामा खस्दा बसमा सवार यात्रुहरुमध्ये १० जनाको घटनास्थलमा र दुई जनाको उपचारका लागि काठमाडांै पु¥याएपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
सो दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् । जसमध्ये १६ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौं पठाइएको छ ।
सो दुर्घटनामा मृत्यु भएकाहरुमध्ये कोपुवा–४ कपिलबस्तुका वर्È २३ का बलिराम चौधरी, कोपुवा–८ कपिलबस्तुकै वर्ष ३४ का अवधकिशोर चौधरी (उपचारका क्रममा मृत्यु), रुद्रपुर–२ रुपेन्देहीका वर्È २२ का मोहन नगरकोटी, वर्È नखुलेका कपुवा–६, रुपन्देहीका राममिलन चौधरी, मानपकडी–४ रुपन्देहीका वर्È २९ फणिन्द्र सुवेदी, मानपकडी–४ रुपन्देहीका वर्È २४ का सुशीला घर्तीमगर, पोखरा कास्कीका वर्È २० का रञ्जन थापाको सनाखत भएको छ ।
त्यस्तै बुटवल–१५ रुपन्देहीका वर्È ३६ का शेरबहादुर थापा, ढिकुर–६ अर्घाखा“चीका वर्È १९ का केशव सारु (उपचारका क्रममा मृत्यु) र तम्घास–३ गुल्मीका वर्È ६० की पार्वती घर्तीमगरको सनाखत भएको छ । बाँकी दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको खबर आएलगत्तै घटनास्थल पुगेका स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राजमार्ग दुर्घटना उद्धारकर्मीको टोलीले १६ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि काठमाडांै पठाएको जनाएको छ ।
सडकबाट पल्टिएर महेशखोलामा डुबिरहेको बसलाई उद्धारकर्मीहरुले डोरीले बाँधेर धकेल्दै उठाएका थिए । बस उठाउनेक्रममा एक जनाको शव भेटिएको थियो । बस दुर्घटनामा ज्यान गएका १० जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ ।
साउन महिना लागेपछि धादिङ जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर यस अघि १७ जनाको ज्यान गइसकेको छ । धादिङ जिल्लाको राजमार्गखण्ड पछिल्लो समयमा दुर्घटनामार्गका रुपमा विकास हुँदै गएको छ ।
मंगलबार बिहान भएको दुर्घटनाको कारण खुल्न नसकेपनि चालक निदाएको कारण बस अनियन्त्रित भई सडकबाट पल्टिन गएको हुन सक्ने दुर्घटनास्थलमा भेटिएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव निरीक्षक गणेश रेग्मीले बताउनुभएको छ ।
छुट्टै दुर्घटनामा तीनको ज्यान गयो
इटहरी । सुनसरी जिल्लाको सदरमुकाम इनरुवा–३ स्थित सखुवागाछी मार्गमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने अरु दुईजना गम्भीर घाइते भएका छन् ।सुनसरी सदरमुकाम इनरुवादेखि पूर्व आउँदै गरेको ना ४ ख १४३ नम्बरको ट्रिपरले सोही दिशाबाट आउँदै गरेको बा १६ प ५१८६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट पश्चिम जाँदै गरेको राष्ट्रसङ्घको ६६–१–१७०९ नम्बरको गाडीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
उक्त घटनामा मोटरसाइकलमा यात्रारत भारत घर भई सुनसरीको इनरुवामा बस्दै आएका वृद्धमान जैन, विराटनगर– ३ निवासी ४५ वर्षीय विजयकुमार शर्मा तथा राष्ट्रसङ्घका गाडी चालक काठमाडौँ निवासी राधेश्याम थापाको घटनास्थलमा नै मृत्यु भएको हो ।
तीनवटा सवारीसाधन एकै स्थानमा जुध्दा राष्ट्रसङ्घको गाडीमा यात्रारत सिरहा कृष्णपुर–७ का २५ वर्षीय धिरेन्द्रकुमार यादव र सोही ठाउँका २५ वर्षीय रामनारायण साह गम्भीर घाइते भएका छन् ।
घाइतेमध्ये यादवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र साहको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारार्थ पु¥याइएको ट्राफिक प्रहरीले बताएको छ ।
No comments:
Post a Comment
Thanx for your comment